बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सन्दीप लामिछानेकाे टिम दिल्ली क्यापिटल्स प्ले अफमा

सोमबार, १६ वैशाख २०७६, ०६ : १५
सोमबार, १६ वैशाख २०७६

एजेन्सी - दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को प्ले अफमा प्रवेश गरेको छ । आइतबार बेलुका भएको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली दिल्लीले रोल च्यालेन्जर्स बैंगलोरलाई १६ रनले हराएको हो । यस जितसँगै दिल्लीले १२ खेलबाट १६ अंक जोड्दै प्ले अफमा स्थान बनाएको छ ।

एक सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले सात विकेट गुमाएर एक सय ७१ रन मात्र बनाएकाे थियाे । बैंगलोरका लागि पार्थिव पटेलले सर्वाधिक ३९ रन बनाए । मार्कोस स्टोइनिसले अविजित ३२, शिभम दुवेले २४, गुरकिरत सिंहले २७, विराट कोहलीले २३, एवी डि भिलियर्सले १७ रन बनाए । बलिङमा दिल्लीकका कागीसो रावडा र अमित मिश्राले दुई-दुई विकेट लिएका थिए । इशान्त शर्मा, अक्सर पटेल र रदरफोर्डले एक-एक विकेट लिए । नेपालका सन्दीप लामिछाने विकेटविहीन भए । उनले तीन ओभर बलिङ गर्दै ३६ रन खर्चिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा पाँच विकेटको क्षतिमा  एक सय ८७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस एयर र शिखर धवनले अर्धशतक बनाए कप्तान एयरले ५२ रन बनाए ।  धवनले ५०, शेरफेन रदरफोर्डले २८, पृथ्वी शाले १८, अक्सर पटेलले अविजित १६ र कोलिन इन्ग्रामले ११ रन बनाए ।

बलिङमा बैंगलोरका बलर युजवेन्द्र चहलले दुई विकेट लिए । उमेश यादव, वासिंगटन सुन्दर र नवदीप सैनीले एक एक विकेट झारे ।  हारपछि बैंगलोरले १२ खेलबाट आठ अंक बनाएको छ । बैंगलोरको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप