चेल्सी र युनाइटेड बराबरीमा रोकिए
सोमबार, १६ वैशाख २०७६, ०८ : ३०
एजेन्सी - इङ्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा खेलिएको खेलमा सुरुवाती अग्रता युनाइटेडले लिएको थियो ।
युनाइटेडका लागि ११ औं मिनेटमा जुआन माटाले गोल गरेका थिए । युनाइटेडको गोलपछि आक्रामक देखिएको चेल्सीले ४३ औं मिनेटमा बराबरी गोल फर्कायो । चेल्सीका लागि मार्कस अलन्सोले बराबरी गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा खेल बराबरीमा सकियो ।
बराबरीसँगै चौंथो स्थानमा यथावत रहेको चेल्सीले ३६ खेलबाट ६८ अंक बनाएको छ । छैटौं स्थानमा रहेको युनाइटेडको ६५ अंक छ । पाँचौं स्थानमा रहेको आर्सनलको ६६ अंक छ । यी तीन टोलीबीच शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने होडबाजी तिब्र छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण