५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी
सोमबार, १६ वैशाख २०७६, ११ : ०९
फेसबुकमा मृतकको संख्या तीब्र रुपमा बढिरहेको छ । ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीले एक अध्ययनमा अबको ५० वर्ष अर्थात् सन् २०७० सम्म फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने दाबी गरेको छ।
युनिभर्सिटीले आफ्नो अध्ययनमा भनेको छ, ‘फेसबुकको वर्तमान वृद्धिका अनुसार ५० वर्षपछि फेसबुकका वर्तमान २.३ अर्ब प्रयोगकर्तामध्ये कम्तीमा १.४ अर्ब प्रयोगकर्ताको मृत्यु भइसकेको हुनेछ । यति नै बेला फेसबुकमा जीवितभन्दा मृतक बढी हुनेछन् ।’
अनुसन्धानका सह–लेखक डेविड वाटसनले भविष्यमा फेसबुकले इतिहासकारलाई यस्ता व्यक्तिको प्रोफाइल हेर्न छुट दिनुपर्ने बताएका छन् । यसो गरे इतिहासबारे सही जानकारी दिन सक्ने उनले बताए । उनले भने, ‘यस्ता प्रोफाइलको पोस्टले इतिहासकारलाई निकै मद्दत गर्न सक्छ । मानव व्यवहारको योभन्दा राम्रो आर्काइभ कतै हुन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई घचघच्याउन मिटरब्याज पीडितको ‘न्याय मार्च’, एक हप्तामा काठमाडौँ पुग्ने
-
अमेरिकामा शेयर सूचीकरणबाट एसके हाइनिक्सले उठायो साढे २६ अर्ब डलर
-
८ हजार मिटर अग्ला हिमाल चढ्ने ६ जनालाई गण्डकी सरकारको सम्मान
-
निरन्तर बढ्दैछ बर्ड फ्लुको प्रकोप : डेढ खर्बको पोल्ट्री क्षेत्र जोखिममा
-
बागमतीमा सत्ता परिवर्तनको कसरत, के छ दलहरूको तयारी ?
-
गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण