समर्थकलाई नेइमारले हाने मुक्का, प्रशिक्षकले नै गरे आलोचना
एजेन्सी - युरोपियन फुटबल महासंघ (युएईएफए)बाट तीन खेल प्रतिबन्धको कारबाहीमा परेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारले फेरि अर्को आलोचना खेप्नु परेकाे छ । अहिले पीएसजीका प्रशिक्षक थोमस टुचेलले नै आफ्ना स्टार खेलाडी नेइमारको आलोचना गरेका छन् ।
दुई दिनअघि फ्रेन्च कपको फाइनलमा पिएसजी रेनेससँग पराजित भएपछि नेइमारले एक समर्थकलाई मुक्का हानेका कारण आलोचना भएको हो । एसजी फ्रेन्च कपको फाइनलमा रेनेससँग सडनडेथमा ६–५ गोलले पराजित भएको थियो । त्यसपछि रिसले चुर बनेका नेइमारले दोस्रो पुरस्कार थाप्न मञ्जमा जाने क्रममा समर्थकलाई मुक्का हानेका थिए । पीएसजीका खेलाडीसँग फोनमा फोटो खिचिरहेका एक समर्थकको फोन खोसेर मुक्का हानेपछि नेइमारलाई अन्य खेलाडीले तत्काल सम्हालेका थिए । उक्त घटनापछि नेइमारको आलोचना भएकाे हाे ।
प्रशिक्षक टुचेलले नेइमारलाई समर्थकसँग लडाइ गर्ने छुट नभएको बताएका छन् । ‘पुरस्कार थाप्न जान मलाई पनि निकै गाह्रो भएकाे थियो । बास्तवमा त्यो सबैका लागि कठिन अवस्था थियो । यदि हार्छौं भने त्यसलाई स्वीकार गर्न सक्नुपर्छ,’ टुचेलले भने ।
नेइमारले भने आफूले त्यस्तो गल्ती नगरेको बताएका छन् । ‘मैले के नै गल्ती गरेँ । कोही पनि फरक तरिकाले बस्न सक्दैन र खेल गुमाउन पनि चाहँदैन,’ नेइमारले इन्स्टाग्राममा लेखेका छन् । चोटका कारण गत जनवरीदेखि विश्राममा रहेका नेइमारले रेनेसविरुद्धको खेलबाट टोलीमा पूरा समय खेलेका थिए ।
पछिल्ला सिजन फ्रेन्च कप उपाधिमा एक छत्र राज गर्दै आएको पीएसजीले यस पटक फाइनलमा हार खेपेको हो । पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा पनि म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै बाहिरिएको थियो । उक्त खेल बेन्चमा बसेर हेरेका नेइमारले रेफ्रीले भिएआरको सहायतामा युनाइटेडलाई पेनाल्टी दिएपछि रेफ्रीको निर्णयप्रति आपत्तिजनक प्रतिक्रिया दिएका थिए । सोही कारण युएइएफएले नेइमारलाई आगामी सिजन तीन खेल प्रतिबन्ध गरेको छ । समर्थकमाथि जाइलागेका नेइमारलाई फेरि अर्को कारबाही हुन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
-
किसानको पसिना सस्तो, उपभोक्ता भान्छा महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण