बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेकपा र फोरम नेपालबीच पार्टी एकीकरणकाे तयारी

मङ्गलबार, १७ वैशाख २०७६, ०८ : ३५
मङ्गलबार, १७ वैशाख २०७६

काठमाडौं - तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएका मधेश तराई फोरम नेपाल र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)बीच एकीकरण हुने भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवासमा मंगलबार भएकाे एक कार्यक्रमबीच पार्टी एकीकरणकाे तयारी भएकाे फोरम नेपालका अध्यक्ष अमर यादवले जानकारी दिए । 

मधेशका १७ जिल्लामा संगठित रहेको तराई फोरम नेपालले गत प्रतिनिधि सभा चुनावमा भाग लिए पनि कुनै ठाउँमा जित्न सकेकाे थिएन् । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा कोषाध्यक्ष रहेका अमर यादव मधेश आन्दोलनमा सक्रिय भएर लागे पनि सत्ताको लागि दुरुपयोग भएकाे भन्दै उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल छाडेका थिए ।‌‌ 

क्षेत्रीय राजनीतिबाट मधेसको समस्या समाधान नहुने भन्दै फोरम नेपालका अमर यादव ले मधेशमा समस्या समाधानका लागि नेकपासँग एकीकरण गर्न लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप