बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विवाह बन्धनमा बाँधिदै पूर्व राष्ट्रपति रामवरणकी छोरी अनिता

बुधबार, १८ वैशाख २०७६, ०९ : ५९
बुधबार, १८ वैशाख २०७६

नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको विवाह हुने भएको छ ।

लण्डनमा अध्ययन गरेकी यादवको विवाह यही वैशाख २३ गतेलाई तय गरिएको हो ।

उनको विवाह रौतहटका इञ्जिनियर रमेश यादवसँग हुने भएको पारिवारिक स्रोतले जनाएको छ ।

फेसन डिजाइनर समेत रहेकी यादव समाजसेवामा सक्रिय रहेकी छिन् ।

यादवको विवाह धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप