कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्याे : विश्व स्वास्थ्य सङ्गठन
काठमाडाैँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रकोपको वास्तविक मात्रा रिपोर्ट गरिएको भन्दा दुई देखि चार गुणा बढी हुन सक्ने चेतावनी दिँदै कङ्कोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको पुष्टि गरेको छ ।
देशका स्वास्थ्य अधिकारीहरूले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०११ मा ७५४ जनाको मृत्यु सहित कुल सङ्क्रमितको पुष्टि भएको थियो। पत्ता नलागेको सङ्क्रमण, सामुदायिक मृत्यु र द्रुत भौगोलिक विस्तारले प्रतिक्रियालाई महामारीको उच्च खतराको रुप दिदै डब्लुएचओले तथ्याङ्क घोषणा गरेको जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठन आपतकालिन स्वास्थ्य कार्यक्रमा कार्यकारी निर्देशक चिकवे इहक्वियाजुले बुन्डिबुग्यो इबोला भाइरसका कारण हालको प्रकोप कुनै पनि इबोला प्रकोप भन्दा तीव्र गतिमा बढिरहेको बताए।
गत मे महिनाको मध्यमा घोषणा गरिएको यो प्रकोप पाँच प्रान्तमा फैलिएको छ भने विश्व स्वास्थ्य संगठनका अनुसार यो अहिले सम्म रेकर्ड गरिएको तेस्रो ठूलो इबोला प्रकोप हो।
यो प्रकोप इटुरी प्रान्तमा यसको मूल केन्द्रभन्दा बाहिर प्रगतिशील भौगोलिक विस्तारको विशेषता रहेको “नयाँ चरण“ मा प्रवेश गरिरहेको देखिन्छ, अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयले मंगलबार जारी गरेको साप्ताहिक अवस्था रिपोर्टले जनाएको छ।
प्रकोप थप दुई वटा प्रान्तहरू, सोपो र हाट–उलेमा फैलिएको जनाइएको छ, जसले प्रतिक्रियाको जटिलता बढाउनुका साथै थप राष्ट्रिय र सीमापार फैलावटको जोखिम बढाएको छ, प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कङ्गो स्वास्थ्य अधिकारीहरूले हाट–उलेमा नयाँ सङ्क्रमण देखिएको र अहिलेसम्म १४ जनामा सङ्क्रमणदर्ता भएकोमा १३ जनाको मृत्यु भएको जनाएका छन्। १६ लाख भन्दा बढी मानिसहरूको बसोबास रहेको सहर किसाङ्गानीमा नयाँ सङ्क्रमणहरु पत्ता लागेकोले कङ्गो नदी लगायत प्रमुख यातायात मार्गमा व्यापक प्रसारणको जोखिम रहेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयले चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण