आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

‘आफ्नो औंलाको सही प्रयोग गर्नुहोस्’, पुनः ट्रोल गर्नेलाई स्वरा भास्करले दिइन् यस्तो जवाफ

बुधबार, १८ वैशाख २०७६, ११ : ५४
बुधबार, १८ वैशाख २०७६

सन् २०१८ मा रिलिज भएको फिल्म वीरे दी वेडिङमा स्वरा भास्करले एक हस्तमैथुनको दृश्य गरेकी थिइन् जसका कारण उनलाई निकै ट्रोल गरिएको थियो । समयसँग यो कुरा सेलाउँदै गयो तर एकपटक उनलाई पुनः त्यही दृश्यका लागि ट्रोलर्सले निशाना बनाएका छन् । मुम्बईमा लोकसभा चुनावको क्रममा एक युवा र युवतीले मानिसहरुलाई भोट हाल्नका लागि प्रेरित गर्न एउटा अनौठो तरिका खोजेका छन् ।

जहाँ शाहरुख खान, सलमान खान, करिना कपुर खान, आमिर खान, रणबीर कपुर, दीपिका पादुकोण, अनुष्का शर्मा, ऋतिक रोशन र पूरा बच्चन परिवार भोट हाल्नका लागि बाहिर निस्किए त्यहीँ एक युवा र युवतीले स्वरा भास्करलाई ट्रोल गरे । उनीहरुले हातमा पम्प्लेट लिएर सडकमा निस्किए जसमा एउटा मेसेज लेखिएको थियोः

‘यसपटक स्वरा भास्करले झैं नगर्नुहोस् । आफ्नो औंलालाई निकै विचार पुर्याएर प्रयोग गर्नुहोस्, समझदारीपूर्वक भोट हाल्नुहोस् ।’

यो तस्बिर सोसल मिडियामा भाइरल हुनथाल्यो र स्वराले ट्रोल्सलाई जवाफ दिन अलिकति पनि ढिला गरिनन् ।

तस्बिरलाई ट्वीट गर्दै स्वरा भास्करले एक मेसेज पनि लेखिन्, ‘अरे, मेरो ट्रोल एकपटक पुनः कडा मेहनत गर्न फिर्ता भएको छ । गर्मीमा पसिना बगाइरहेका छन् ताकि मेरो नाम चर्चित बनाउन सकियोस् । मलाई निच देखाउनेहरु, मलाई नराम्रो लागेन... तिमीहरुको कल्पना शक्ति थोरै कमजोर छ... तर तिमीहरु दुईको कोसिसलाई मेरो सलाम छ ।’

स्मरण रहोस्, जब स्वराको उक्त दृश्य सोसल मिडियामा पोस्ट भएपछि मानिसहरुले स्वरालाई ट्रोल गर्न सुरु गरेका थिए तब सोनम कपुरले उनको समर्थन गरेका थिए । उनले एएनआईसँगको कुराकानीमा भनेकी थिइन्, ‘मलाई लाग्छ कि मानिसहरुले त्यसलाई ट्रोल गर्न रुचाउँछन् किनभने उनीहरुको आफ्नै धारणा र दृष्टिकोण छ । र यसबाट थाहा हुन्छ कि उनीहरु यसलाई कति प्रेम गर्छन् किनभने घृणाको दोस्रो पक्ष प्रेम हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप