बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नीति तथा कार्यक्रममाथि तीन दिन छलफल, त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने

शुक्रबार, २० वैशाख २०७६, २३ : ००
शुक्रबार, २० वैशाख २०७६

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने  भएको छ । 
सभामुख कृष्णबहादुर महराले यही वैशाख २२, २३ र २४ गते छलफल हुने जानकारी दिए ।
 छलफलपछि प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।  त्यसपछि सभामुखले प्रस्ताव गरेको धन्यवाद प्रस्तावको टुङ्गो लाग्नेछ ।

    यस्तै बैठकले ‘राहदानी विधेयक, २०७५’ लाई समेत पारित गरेको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३१ को खण्ड क बमोजिम उक्त विधेयक प्रस्तुत भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्नेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप