६१ लाख बुझाएर नेपाल फर्किए खड्क बहादुर
बिनोद श्रेष्ठ
युएई -हत्याको आरोपमा बिगत पाँच वर्ष देखि युएईको आबुधावी स्थित अल वातब जेलमा कैदी जीवन बिताई रहेका फेदाप-२ तेह्रथुमका खड्क बहादुर जोगी नेपाल फर्किएका छन्।
युएईको अदालतको फैसला अनुसार मृतकका परिवारलाई २ लाख दिराम अर्थात् करिब ६१ लाख रुपैयाँँ क्षतिपूर्ति बापत ब्लडमनि (दिया रकम) बुझाए सगै कानुनी प्रक्रिया पूरा गरि उनी गत बिहिवार नेपाल फर्किएका नेपाली दूतावास आबुधावी द्दितिय सचिब बिष्णु कुमारी अधिकारीले रातोपाटीलाई बताइन्।
जोगीले अदालतको फैसला अनुसार पिडित परिवारलाई बुझाउनु पर्ने २ लाख दिराम अर्थात् करिब ६१ लाख रुपैयाँ ब्लडमनि(दिया रकम) गत अप्रिलमा दूतावास आबुधावी मार्फत अदालतमा बुझाएका थिए। उनलाई गत हप्ता देखि आबुधावीको डिपोर्टेसन सेन्टरमा राखिएको थियो।आवश्यक ट्राभल डकुमेन्ट अर्थात् (यात्रा अनुमति पत्र) गत आइतबार नै दूतावास आबुधावीमार्फत सम्बन्धित निकायलाई बुझाइएको थियो।
आबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको साथीलाई बचाउन खोज्दा फसेको उनको परिवारहरूले बताउदै आएका थिए। सन् २०१४ मे ६ मा जोगी चढेको गाडीबाट आफ्नै सहकर्मी फिलिपिनो नागरिक अचानक खसेको र निजलाई उद्दार गरि अस्पताल पुर्याउने क्रममा मृत्यु भएको परिवारको भनाई छ।
सहकर्मीको निधनलगतै जोगीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका थालेको थियो । उनले अदालतमा मानवीयताका आधारमा सहयोग मात्रै गरेको बयान दिएका थिए । तर जोगीलाई युएईको अदालतले हत्याको गरेको आरोपमा ५ वर्ष कैद र २ लाख दिराम अर्थात् करिब (६१ लाख रुपैयाँ) मृतक फिलिपिनो नागरिकको परिवारलाई ब्लडमनि (दिया रकम)बुझाउनु पर्नै फैसला सुनाएको थियो।
उनको उद्दारको लागि देब बास्कोटाको नेतृत्वमा विभिन्न मुलुकाका दाताहरु मार्फत ६१ लाख ९४ हजार रुपैया संकलन गरिएको थियो। उत्त रकम गत मार्चमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको उपस्थिति र यूएईका लागि नवनियुक्त्त राजदुत कृष्णप्रसाद ढकाल, नियोग उप-प्रमुख सागरप्रसाद फुयाँललाई मार्फत परराष्ट्र मन्त्रालयमा बुझाइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण