इन्गेजमेन्ट भयो तर विवाह अघि नै टुट्यो प्रियंकाका भाइको विवाह, आमाले गरिन् पुष्टि
शनिबार प्रियंकाकी आमा मधु चोपडाले छोरा सिद्धार्थको विवाह टुटेको खबर पुष्टि गरेकी छिन् । मधुले भनिन्, ‘सिद्धार्थ र इशिताको विवाह अप्रिलको अन्तिममा हुनु थियो । तर अब यो विवाह टुटेको छ । दुबैले आपसी सहमतीमा सम्बन्ध तोड्ने निर्णय गरेका हुन् ।’
केही दिन अघि प्रियंका चोपडा भाइ सिद्धार्थ चोपडाको विवाहका लागि भारत आएकी थिइन् । तर उनकी बुहारी इशिता कुमारको स्वास्थ्य अचानक खराब भयो र विवाह रोकिएको थियो । त्यसपछि उनीहरुको विवाह टुटेको हुनसक्ने अडकलबाजी गरिएको थियो ।
इशिताले इन्स्टाग्रामबाट डिलिट गरिन् सिद्धार्थसँगको फोटोः
इशिताले आफ्नो र सिद्धार्थको फोटो इन्स्टाग्रामबाट डिलिट गरेकी छिन् । साथै अब प्रियंका र सिद्धार्थले उनलाई इन्स्टाग्राममा अनफलो गरेका छन् । हालै इशिताले आफ्नो इन्स्टाग्राममा रेष्टुरेन्टको एउटा फोटो अपलोड गरेकी थिइन् । फोटोमा उनले क्याप्सन लेखेकी छिन्, ‘निकै खुसी भएर नयाँ सुरुवात गर्दैछु । पुरानो यादलाई एक चुम्बनसहित सदाका लागि बिदा । ’
यो फोटो इशिताले हस्पिटलबाट डिस्चार्ज भएपछि अपलोड गरेकी थिइन् ।
सम्बन्ध टुटेपछि इशिताको परिवारको समर्थनः
यो फोटोमा इशिताकी आमा निधि कुमारले कमेन्ट गरेकी छिन्, ‘पुरानो किताबलाई बन्द गर र नयाँ लेख ।’ यस्तै, उनका पिताले पनि यो पोष्टमा कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘हामी तिम्रो साथमा छौं । तिमी त्यही तारा बन जसका लागि तिमी जन्मिएकी छौ ।’
तर अब इशिता इन्स्टाग्रामबाट गायब छिन् । यसअघि इशिताले ब्राइडल शावरका केही फोटो सोसल मिडियामा सेयर गरेकी थिइन् । दुबैको रोका (इन्गेजमेन्ट) फेब्रुअरीमा भएको थियो । विवाहको केही दिन अघि इशिता बिरामी भइन् र उनको शल्यक्रिया पनि भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण