अझै प्रियंकासँग सलमानको रिस उस्तै, लाइभ अन्तर्वार्तामै पोखे आक्रोश
मुम्बई – बलिउड अभिनेता सलमान खानले लाइभ अन्तर्वार्तामै अभिनेत्री प्रियंका चोपडासँग फिल्म ‘भारत’ को विषयमा भएको विवादको बारेमा बोलेका छन् ।
‘दबंग –३’ को शुटिङमा र फिल्म ‘भारत’ को प्रमोशनको काममा व्यस्त रहेका सलमान खान र अभिनेत्री कैटरीना कैफको एउटा भिडियो सामाजिक सञ्जालमा यतिबेला निकै भाइरल भइरहेको छ ।
केहि दिन अगाडि सलमान र कैटरीनाले फिल्म निर्देशक अली अब्बास जफरसँग ट्विटरमा लाइभ अन्तर्वाता गरेका थिए । उक्त लाइभमा अलीले ट्विटरमा आएका दर्शकका प्रश्नको जवाफ पनि दिएका थिए । त्यसैक्रममा सलमानले दिएको जवाफले धेरैलाई आश्चर्यमा पारेको थियो ।
सलमानको जवाफमा उनी प्रियंकाप्रति अझै पनि रुष्ट रहेको स्पस्ट झल्किन्थ्यो । फिल्ममा नायिकाको भूमिकामा सुरुमा प्रियंकालाई लिइएको थियो तर उनले समय नदिएको कारण देखाउँदै उनलाई हटाएर कैटरीनालाई भित्र्याइएको थियो । यो फिल्मको भूमिका निभाउन कैटरीनालाई कति मेहेनत गर्नुपर्यो भन्ने दर्शकको प्रश्नको जवाफमा सलमानले उनले कडा परिश्रम गरेको र यदि प्रियंकाले पनि समय दिएको भए ... । उनी अझै पनि फिल्ममा प्रियंकालाई हटाउनु र प्रियंका हट्नुप्रति असन्तुष्ट रहेको स्पष्ट थियो ।
सलमान खानको फिल्म ‘भारत’ जुन ५ मा रिलीज हुँदैछ । जसमा सलमान खान, कैटरीना कैफ, दिशा पटानी, सुनील ग्रोवर, ज्याकी श्राँप, नोरा फतेही जस्ता कलाकारको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण