सुनिल ग्रोवरलाई गुरु मान्छन् सलमान र कट्रिना कैफ, थाहा पाउनुस् किन ?
रेस थ्री फ्लप भएपछि फिल्म भारत सलमानको महत्वाकांक्षी प्रोजेक्ट हो । यो फिल्मको ट्रेलरले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । सुल्तान र टाइगर जिन्दा हे पछि एकपटक पुनः सलमान सुपरहिट फिल्ममा ह्याट्रिक गर्न अली अब्बास जफरसँग काम गरिरहेका छन् । यो एक चर्चित कोरियन फिल्मको रिमेक हो । यो फिल्ममा भारत–पाकिस्तान विभाजनको कहानी पनि छ । यसमा दिशा पाटनी र कट्रिना कैफको पनि अभिनय रहेको छ ।
भारत अर्को एउटा कुराको लागि पनि चर्चित छ । फिल्ममा सुनिल ग्रोवर पनि छन् । सुनिल ग्रोवर भीडलाई अत्यधिक रुचाउँछन् । उनी यो फिल्ममा अनुबन्ध भएपछि यसको सफलताको सम्भावना चुलिइसकेका छ । हालै सलमान र कट्रिनाले फिल्म प्रोमोशनको क्रममा सुनिल ग्रोवरबारे पनि कुरा गरेका छन् ।
सलमानले सुनिललाई एक अत्यधिक प्रतिभाशाली नायक बताएका छन् । उनले भनेका छन्, ‘उनी मिमिक्री गर्दैनन्, आफ्नो क्यारेक्टरमा छिर्छन् । चाहे उनी गुत्थीको होस् वा डा. मशहुर गुलाटी होस् वा अमिताभ बच्चन, धर्मेन्द्रको अभिनय गरिरहेका हुन् । उनी कहिले पनि सस्तो कमेडी गर्दैनन् । उनी निकै प्रतिभाशाली व्यक्ति हुन् । यो फिल्ममार्फत् मैले निकै प्रतिभाशाली कलाकारसँग काम गर्ने मौका पाएको छु ।’
कट्रिनाले पनि सुनिल ग्रोवरको पनि तारिफ गरेकी छिन् । उनले भनेकी छिन्, ‘सेटमा हामी बिहान ८ बजे पुग्नुपर्दथ्यो । हामी पुग्थ्यौं पनि तर सलमानलाई कुर्नुपर्दथ्यो । त्यतिबेला म र सुनिलबीच निकै कुराकानी हुन्थ्यो । त्यतिबेला मलाई थाहा भयो कि सुनिल प्रतिभाशाली मात्रै नभई उनलाई थुप्रै कुराको जानकारी पनि छ । उनलाई संस्कृति र विभिन्न किताबबारे निकै जानकारी छ । उनलाई कुनै पनि टपिकमा राम्रो ज्ञान छ र उनीसँग समय बिताउँदा निकै रमाइलो हुन्छ ।’
यसमा सलमानले ठट्टा गर्दै भने, ‘सुनिल ग्रोवर कतै भेटिए भने तपाईं उनीसँग कुनै पनि विषयमा कुरा गर्न सक्नुहुन्छ किनभने कट्रिनाले यसो भनेकी छिन् । उनी हाम्रा गुरु हुन् । उनी अन्तरयामी हुन् र उनलाई सबै कुराको जानकारी छ । ’
यो कुरामा कट्रिना मज्जाले हाँसिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण