ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क आँखा शिविर सञ्चालन
काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरीको कोशी गाँउपालिका वडा नम्बर ३ स्थित जमुवा चोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।
ग्लोबल आइएमई बैंकको इटहरी शाखाको आयोजना र बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा जाँच शिविर सम्पन्न भएको हो ।
बैंकको तर्फबाट आँखाका रोगीहरुलाई निःशुल्क औषधी तथा दृिष्ट दोष भएका बिरामीहरुलाई निःशुल्क चश्मा समेत बितरण गरिएको छ । उक्त शिविरमा मोतीबिन्दु भएका आँखाका बिरामीहरुको बिराटनगर आँखा अस्पताल, बिराटनगरमा निःशुल्क शल्यक्रिया पनि गरिएको छ । निम्न आयस्तर भएका तथा अति पिछडिएका आँखाका बिरामीहरुलाई लक्षित गरी उक्त आँखा शिविर सञ्चालन गरिएको होे ।
ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भूकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण