विप्लव समूहका गोरखा इञ्चार्जसहित दुई जना पक्राउ
आइतबार, २२ वैशाख २०७६, २१ : ५१
गोरखा–जिल्ला प्रहरी कार्यालय गोरखाले नेत्र विक्रम चन्द ‘विप्लप’ समूहका गोरखा जिल्ला इञ्चार्जसहित दुई जनालाई आज पक्राउ गरेको छ ।
पालुङटार नगरपालिका–७ स्थित खोलाघाट क्षेत्रबाट जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्टलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भोला रावलले जानकारी दिए ।
गोप्य सूचनाको आधारमा च्याङली प्रहरी चौकीबाट खटी गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई सदरमुकाममा ल्याएर अनुसन्धान अघि बढाइको उहाँले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण