बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

डियाजकाे गाेलसँगै रियलकाे कठिन जित

सोमबार, २३ वैशाख २०७६, ०८ : ५१
सोमबार, २३ वैशाख २०७६

एजेन्सी - मारियानो डियाजले दुई गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले भिल्लारियललाई ३–२ गोलले हराएको छ । स्टार खेलाडी करिम बेन्जेमा र ग्यारेथ बेलको अनुपस्थितिमा रियलले जितका लागि संघर्ष गर्नु परेको थियो ।

आइतबार राति भएको खेलमा घरेलु मैदान रियललाई जिताउन मारियानो डियाजले खेलको दोस्रो मिनेटमै खाता खोलेका थिए । दोस्रो गोल ४० औं मिनेटमा जेसस भालेजोले गरे । त्यसपछि डियाजले ४९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

भिल्लारियालका लागि जेरार्ड मोरेनो ११ औं र जउमी कोस्टाले दोस्रो हाफको इन्जुर समयमा गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । तेस्रो स्थानमा रहेको रियलले ३६ खेलबाट ६८ अंक बनाएको छ । भिल्लारियाल ४० अंकसहित १५ औं स्थानमा छ ।

आइतबार राति नै भएको अन्य खेलमा भ्यालेन्सियाले एसडी हुयस्कालाई ६–२, रियल भालाडोलिडले एथलेटिक बिल्बाओलाई १–०, गेटाफेले गिरोनालाई २–० र इबरले रियल बेटिसलाई १–० गोलले हराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप