अक्षय कुमारको नागरिकता विवादमा मुछिए यी नायकः भने, ‘यदि तीन खानमध्ये एक क्यानडेली भए..’
बलिउड नायक एजाज खान धेरैजसो सोसल मिडियामा आफ्नो धारणा व्यक्त गरिरहेको देख्न सकिन्छ । अक्षय कुमारको नागरिकता विवादको विषयमा उनले ट्वीट गरेका छन् । एजाज खानले यो विवादलाई सलमान खान, शाहरुख खान र आमिर खानसँग जोड्दै ट्वीट गरेका छन् ।
उनले लेखेका छन्, ‘तीन खानमध्ये यदि कसैको पासपोर्ट क्यानडालगायतको हुन्थ्यो भने उनीहरुलाई देशद्रोही भनिन्थ्यो ।
एजाज खान अक्षय कुमारको नागरिकता विवादमाथि टिप्पणी गर्ने पहिलो सेलिब्रिटी होइनन् । एजाज अघि कमाल खानजस्ता कलाकारले पनि यस विषयमा आफ्नो धारणा व्यक्त गरिसकेका छन् । स्मरण रहोस्, अब अक्षय कुमारले पाएको पुरस्कारमाथि पनि विवाद बढेको छ । अक्षय कुमारले यसमा आफ्नो प्रतिक्रिया दिइसकेका छन् । उनले भनेका थिए, ‘मसँग क्यानडाको पासपोर्ट छ तर म पछिल्लो सात वर्षदेखि क्यानडा गएको छैन । यही देशमा बस्छु, यसै देशमा काम गर्छु र सर्वसाधारणले झैं आफ्नो कर पनि तिर्छु । मैले कहिले पनि सोचेको थिइनँ कि म यस्तो कारणले विवादित होऔंला ।’
एजाज खान बलिउड फिल्मदेखि बिग बससम्म देखिएका छन् । उनी सामाजिक संजालमा विभिन्न धारणा राखेर विवादमा पनि तानिने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण