अर्जुन रामपालकी प्रेमिकाको ‘बेबी सावर’, पूर्वपत्नी मेहर जेसियाले गर्दैछिन् विशेष तयारी
अर्जुन रामपालले हालै आफ्नो सोसल मिडिया अकाउन्टमा प्रेमिका गेब्रिएला गर्भवती भएको खबर सेयर गरेका थिए ।
भारतीय मिडियाका अनुसार अर्को महिना गेब्रिएलाको बेबी शावर कार्यक्रमको आयोजना हुनेछ र यो कार्यक्रमको सबै जिम्मेवारी अर्जुनकी पूर्वपत्नी मेहर जेसियाले उठाउने भएकी छिन् ।
यस्तो अचम्म कसरी भयो ? तपाईंलाई जिज्ञासा लाग्न सक्छ । वास्तवमा मेहर अर्जुन रामपालसँगको सम्बन्धविच्छेदपछि इभेन्ट प्लानर बनेकी छिन् । त्यसकारण भारतीय मिडियाका अनुसार यो विशेष कार्यक्रमको जिम्मेवारी अर्जुनले उनलाई सुम्पिएका छन् । कार्यक्रम बान्द्रामा आयोजित हुनेछ ।
मेहरले अर्जुनको जन्मदिनको पार्टी पनि आयोजना गरिसकेकी छिन्ः
गत वर्ष अर्जुनको जन्मदिनमा पनि मेहरको कम्पनीले नै साजसज्जाको काम सम्हालेको थियो । प्रेमिका गेब्रिएलाले नै मेहरको कम्पनीसँग सम्पर्क गरेर पार्टीको योजना बनाएकी थिइन् । यो बेबी सावरका सबै व्यवस्था विशेषगरी मेहरले नै मिलाउने भएकी छिन् । मेहरका साथै उनका दुई छोरीलाई अर्जुन तेस्रो पटक पिता बन्न लागेको खबर पहिले नै थाहा थियो ।
अर्जुन–मेहरले तोडे २० वर्षको विवाहः
अर्जुन–मेहरले सन् १९९८ मा विवाह गरेका थिए र सन् २०१८ मा दुईजना अलग्गिए । दुबै मोडलिङको समयमा एक–अर्कासँग नजिकिएका थिए । जेसिया सन् १९८६ की मिस इन्डिया हुन् । साथै उनी सुपर मोडल पनि भइसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण