बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सिटीको जितसँगै प्रिमियर लिग रोमाञ्चक बन्दै

मङ्गलबार, २४ वैशाख २०७६, ०८ : १७
मङ्गलबार, २४ वैशाख २०७६

एजेन्सी - इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौड रोमाञ्चक मोडमा पुगेको छ । सोमबार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १–० गोलले हराएसँगै उपाधि दौड थप रोमाञ्चक बनेको हो ।  

प्रतिस्पर्धात्मक खेलमा लेस्टर सिटीले घरेलु टोली म्यानचेस्टर सिटीलाई टक्कर दिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सिटीले दोस्रो हाफमा एक मात्र गोल गर्न सक्यो । सिटीको कठिन जितमा कप्तान भिसेन्ट कोम्पनीले गोल गरे । भिसेन्टले ७० औं मिनेटमा एमेरिक लापोर्टोको पासमा गोल गरेका थिए ।

जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ । सिटीले ३७ खेलबाट ९५ अंक बनाएको छ । दोस्रो स्थानमा झरेको लिभरपुलको ९४ अंक छ । अब लिगमा एक खेल मात्र बाँकी रहेकोले अन्तिम खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण छ । अब लिगको अन्तिम खेलमा सिटीले ब्राइटनसँग खेल्दैछ । लिभरपुलले वल्भ्ससँग खेल्नेछ ।

अन्तिम खेलमा ब्राइटनलाई पराजित गरे सिटी च्याम्पियन बन्नेछ । लिभरपुललाई च्याम्पियन बन्न सिटी ब्राइटनसँग हार्नुपर्ने र आफुले वल्भ्ससँग जित निकाल्न्ुपर्ने बाध्यता छ । दुवै खेल मे १२ मा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप