के बार्सिलोनासामु लिभरपुलको जादु चल्ला ?
एजेन्सी - युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा मंगलबार (आज) राति स्पेनिस महारथि बार्सिलोना र इङ्लिस पावरहाउस लिभरपुल भिड्दैछन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेल निकै महत्वपूर्ण मानिन्छ ।
बार्सिलोनाको घरेलु मैदानमा यसअघि खेलिएको पहिलो लेगमा लिभरपुल ३–० गोलले पराजित भएको थियो । त्यसैले पनि लिभरपुलका लागि याे खेल गर या मरको अवस्था छ । बार्सिलोनालाई भने लिभरपुललाई रोके वा सामान्य जित मात्र निकाले काफी छ ।
लिभरपुलले फाइनल पुग्न पहिलो लेगको नतिजा उल्टाउन कम्तिमा ४–० गोलको जित निकाल्नु पर्छ । बार्सिलोनाले उसको घरमा १ गोल मात्रै हाने पनि लिरभपुललाई खेल जित्न ५ गोल चाहिन्छ । जसका लागि लिभरपुलको जादु जल्नुपर्छ ।
लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले घरेलु मैदानमा लिभपुलले फाइनलमा पुग्ने नतिजा निकाल्ने दावी गरे । ‘बार्सिलोनालाई घरेलु मैदानमा हराउने क्षमता हामीसँग छ । हामी ज्यादै कठिन अवस्थामा छौं । तर, फुटबलमा असम्भव केही छैन । दर्शकको साथले हाम्रो मनोबल उच्च हुनेछ । शतप्रतिशत मिहेनत गरेर खेल्नेछौं । फाइनलमा पुगेर उपाधि जित्ने लिभरपुलको योजना हो,’ क्लोपले भने ।
लिभरपुलका मुख्य हतियार मोहमद सलाह र रोवर्टो फिर्मिन्हो चोटका कारण खेल्न नसक्ने अवस्था छ । जसको फाइदा बार्सिलोनालाई हुने देखिन्छ । अर्का खेलाडी नावी कोइटासमेत घाइते भएकोले लिभरपुल थप दबाबमा छ ।
यसैगरी बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले लिभरपुलको मैदानमा खेल्न लागेकाले आफूहरु सजक हुने बताएका छन् । बार्सिलोनासँग पहिलो लेगमा सहज नतिजा भए पनि दोस्रो लेग सुरक्षित नहुने उनले बताए ।
‘लिभरपुलले आफ्नो घरमा जे पनि गर्न सक्छ । लडाइँ अझै सकिएको छैन । हामी एनफिल्डमा खेल्दैछौं । लिभरपुललाई पहिलो खेलको हारले चित्त दुखाएको छ । त्यसैले हामीलाई समस्यामा पार्न सक्छन् । हामीले पहिलो खेलको नतिजा बिर्सेर राम्रो खेल्नुपर्छ । बार्सिलोनामा त्यो क्षमता छ,’ भाल्भर्डेले भने । ला लिगा जितेपछि भाल्भर्डेले टोलीका महत्वपूर्ण खेलाडीलाई अराम दिएका थिए ।
कप्तान लियोनल मेस्सी, लुईस स्वारेज जस्ता स्टार खेलाडीले भरिएको बार्सिलोना अहिले सन्तुलित छ । लिभरपुललाई घरेलु दर्शकको साथ रहे पनि पहिलो लगेको नतिजाले दबाब बढेको छ । त्यसैले एनफिल्डमा यी दुई टोलीको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण