लिभरपुलको अविश्वसनीय चमत्कार, बार्सिलोना आउट
एजेन्सी - युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा लिभरपुलले चमत्कारपूर्ण जित निकालेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले स्पेनिस महारथि बार्सिलोनालाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनायो ।
लिभरपुलले समग्रमा ४–३ गोलको जित निकाल्दै फाइनलमा पुगेको हो । पहिलो लेगमा बार्सिलोनासँग ३–० गोलले पराजित भएको लिभरपुलले घरेलु मैदानमा अविश्वसनीय पूनरागमन गरेको थियो । लिभरपुल दोस्रो पटक फाइनलमा पुगेको हो ।
लिभरपुलको जितमा डिभोक ओरीगी र जर्जिनियो विजनाल्डमले दुई-दुई गोल गरे । ओरीगीले सातौं मिनेटमा खाता खोले । दोस्रो गोल उनले ७९ औं मिनेटमा गरेका थिए । विजनाल्डमल ५४ औं र ५६ औं मिनेटमा लगातार दुई गोल गरे ।
घरेलु मैदानमा शानदार प्रदर्शन गरेको लिभरपुलसामु बार्सिलोना निरिह बनेको थियो । स्टार खेलाडीले भरिएको बार्सिलोनालाई पहिलो लेगको फराकिलो जित कुनै काम लागेन । एक गोल पनि फर्काउन नसक्दा बार्सिलोना लज्जास्पद हार खेप्दै घर फर्कन बाध्य भयो । पहिलो लेगमा दुई गोल गरेका कप्तान लियोनल मेस्सी र एक गोल गरेका लुइस स्वारेज फिफा देखिए । अन्य खेलाडीले पनि जादु चलाउन सकेनन् ।
लिभरपुलले आफ्ना मुख्य हतियार मोहमद सलाह र रोवर्टो फिर्मिन्होबिनै बार्सिलोनालाई धुलो चटायो । सलाह र रोवर्टो चोटका कारण खेल्न सकेका थिएनन् । अब फाइनलमा लिभरपुलले डच टोली आयाक्स र इङ्लिस प्रतिद्वन्द्वी टोट्टनहामबीचको विजेतासँग खेल्नेछ । यी दुई टोलीबीच सेमिफाइनल खेलको दोस्रो लेग बुधबार (आज) राति हुँदैछ ।
आयाक्सको घरेलु मैदानमा हुने खेलमा टोट्टनहामलाई जितको लागि दबाब बढेको छ । टोट्टनहामको घरमा खेलिएको पहिलो लेगमा आयाक्स १–० गोलले विजयी भएको थियो । त्यसैले युवा खेलाडीले भरिएको आयाक्स टोट्टनहामलाई रोक्दै फाइनलमा पुग्ने दाउमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण