निता अम्बानीसँग देखिइन् गौरी खान, एन्टिलियामा डिजाइन गरिन् ‘बार लाउन्ज’
बुधबार, २५ वैशाख २०७६, १२ : ५३
बलिउड सुपरस्टार शाहरुख खानकी श्रीमती गौरी खान हालै अम्बानी निवास एन्टिलिया पुगिन् । यहाँ उनले दिग्गज व्यापारी मुकेश अम्बानीकी श्रीमती निता अम्बानीसँग मिलेर काम गरिन् । गौरीले निता अम्बानीको घरमा बार लाउन्ज तयार पारिन् । गौरीले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट एउटा तस्बिर सेयर गरिन् जसमा उनी निता अम्बानीसँग सोफामा बसिरहेको देखिइन् ।
फोटोको क्याप्सनमा गौरीले लेखिन्, ‘एन्टिलियाको यो स्थानमा काम गर्नु निकै उत्कृष्ट अनुभव थियो । यो निश्चित रुपमा हाम्रो टप प्रोजेक्टमध्ये एक रह्यो । निता र उनको रुचीसँग काम गर्नु निश्चित नै प्रेरणादायी रह्यो ।’ स्मरण रहोस्, मुकेश अम्बानीको घर एन्टिलिया एशियाको सबैभन्दा महँगो घर हो ।
शाहरुख खानकी श्रीमती गौरी खान एक चर्चित इन्टेरियर डिजाइनर हुन् । उनले विभिन्न चर्चित स्थानमा इन्टेरियर डिजाइनिङ गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण