‘दुश्मनी’ बिर्सेर सलमान–अर्जुन सँगै देखिने, ‘नो एन्ट्री’ को सिक्वलमा बन्नेछन् गुरु –चेला !
राजनीतिजस्तै बलिउडमा पनि दोस्ती र दुश्मनी चीरस्थायी हुँदैन । यहाँ पनि सम्बन्धको समीकरण समय र हैसियतको हिसाबले परिवर्तन भइरहन्छ । केही वर्षअघि सम्म एक–अर्काका दुश्मन मानिने सलमान र शाहरुख अब साथी बनिसकेका छन् । अब सलमानको ‘प्याच अप’ को अर्को मामला पनि देख्न पाइएको छ । भारतीय मिडियाका अनुसार निर्देशक बोनी कपुरका छोरा अर्जुन कपुरसँगको उनको कोल्ड वारको आइस अब ब्रेक भइसकेको खबर आइरहेको छ । सलमान र अर्जुन एउटा प्रोजेक्टमा सँगै देखिने खबर आइरहेको छ ।
‘नो एन्ट्री’ को सिक्वलमार्फत् प्याचअपको सम्भावनाः
१४ वर्षअघि रिलिज भएको सुपरहिट फिल्म ‘नो एन्ट्री’ को सिक्वलसँग सलमान खान र अर्जुन कपुरको प्याचअप सम्भव छ । खबरका अनुसार बोनी कपुरको यो प्रोजेक्टमा अर्जुन र सलमान सँगै काम गर्न सक्छन् । फिल्म स्रोतका अनुसार फिल्मको सुटिङ यो वर्षको अन्त्यमा वा अर्को वर्षको सुरुमा हुनसक्छ । ‘नो एन्ट्री’ मा जुन भुमिका फरदिन खानले निभाएका थिए त्यसमा अर्जुन कपुरलाई कास्ट गर्न सकिने खबर छ । अनिल कपुरसँग यी दुई फिल्ममा गुरु–चेलाको भूमिकामा देखिन सक्छन् । अब अर्जुन र सलमानले तित्ततालाई बिर्सेर जब स्क्रिन सेयर गर्नेछन् तब उनको बन्डिङ कस्तो हुनेछ त्यो भने हेर्न बाँकी छ ।
दुबैमा किन दुरी बढ्यो ?
– अर्जुनले सबैभन्दा पहिला सलमानकी बहिनी अर्पितालाई डेट गरे । केही समयपछि अर्पितासँग ब्रेकअप गरे ।
– एक अनलाइन शोमा अर्पितामाथि भद्दा र अश्लिल ठट्टा गरे ।
– सलमानको घरमा आएर परिवारसँग नजिकिए, अरबानलाई साथी बनाए र त्यसपछि उनकी श्रीमती मलाइका अरोडासँग नजिक भए ।
– सलमानको चेतावनीपछि मलाइकासँग केही समय टाढा रहे तर सम्बन्धविच्छेदपछि खुल्लम–खुल्ला सँगै रहे ।
– सलमान अर्जुनलाई नै अरबाज–मलाइकाको सम्बन्धविच्छेदका लागि जिम्मेवार मान्छन् । यो सम्बन्धले नै श्रीमान–श्रीमतीबीच दुरी ल्याएको सलमानको आरोप छ ।
पहिले कस्तो थियो उनीहरुको सम्बन्धः
– अर्जुन जब अत्यधिक तौलका थिए तब सलमानले नै उनलाई तौल घटाउने तरिका सिकाए ।
– उनले अर्जुनलाई आफ्नो निगरानीमा तालिम दिए ।
– अभिनयसम्बन्धि जानकारी दिए ।
– बलिउडमा फिल्म कसरी पाउन सकिन्छ भन्ने ज्ञान दिए ।
– त्यतिबेला अर्जुनले सलमानलाई भाइ भनेर बोलाउँथे । उनलाई सलमानले बलिउडमा प्रवेश गराउन सहयोग गरे ।
केही कार्यक्रममा देखियो यस्तोः
– सोनम कपुरको विवाहमा सलमानले बोनीलाई भेटे तर अजुर्नलाई एक नजर पनि हेरेनन् ।
– गोल्डन पेटल अवार्ड शोमा सलमान आउँदा अर्जुनले उनलाई देखेपछि भागेका थिए र सलमान नगएसम्म देखिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण