के विवाह नै नगरी बुवा बन्दैछन् सलमान खान ?
बलिउडका युवा नायक नायिका विवाह बन्धनमा बाँधिने क्रम जारी छ भने फिल्मी क्षेत्रका ‘मोस्ट एलिजिबल ब्याचलर’ सलमान खान ५३ वर्षको उमेरमा पनि अविवाहित छन् । थुप्रै वर्षदेखि प्रशंसकले सलमानलाई बारम्बार विवाह बारे प्रश्न सोधिरहेका छन् । सलमानको विवाहले निकै नै चर्चा पाउने गरेको छ ।
यसैबीच टाइम्स अफ इन्डियाको एउटा रिपोर्टपछि सलमान खान सरोगेसीमार्फत् पिता बन्ने तयारीमा भएको पनि चर्चा छ । सलमान खान पिता बन्न लागेको खबरमा उनका प्रशंसकहरु उत्साहित छन् तर उनले सरोगेसीमार्फत् सन्तानलाई जन्म दिन लागेको खबरले उनको विवाहमाथि ठूलै प्रश्नचिन्ह उब्जिएको छ । यदि सलमानको तयारी साँचो हो भने के उनी अब जीवनभर अविवाहित रहनेछन् ? सलमानले धेरैपटक आफू विवाहबाट भाग्ने गरेको जानकारी दिइसकेका छन् ।
बच्चासँग लगाव तर विवाह गर्न किन डराउँछन् सलमान ?
सलमान खानलाई बच्चाहरु निकै मनपर्छ । उनको आफ्नो खानदानको बच्चासँग निकै गहिरो लगाव छ । एक अन्तरवार्तामा उनले भनेका थिए, ‘उनी राम्रो छोरा हुन्, राम्रो बुवा बन्न सक्छन् तर सायद राम्रो श्रीमान् बन्न नसक्लान् ।’ सायद आजकाल सेलिब्रिटीबीच भइरहेको सम्बन्धविच्छेदले पनि सलमानको मनमा डर पैदा गरेको हुनसक्छ । भाइ अरबाज खानको मलाइकासँग १९ वर्षपछि सम्बन्धविच्छेद भएपछि सलमान यसलाई ठूलो पाठ मान्छन् । एक च्याट शोमा सलमानले भनेका थिए, ‘विवाहपछि यस्तो हुन्छ भने म ब्याचलर नै ठिक छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण