आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

आमिर खानले छोरीको २१ औं जन्मदिनमा लेखे यस्तो मेसेज, सेयर गरे विशेष फोटो

शुक्रबार, २७ वैशाख २०७६, ११ : ५०
शुक्रबार, २७ वैशाख २०७६

आमिर खानकी छोरी इरा खान आफ्ना केही तस्बिरका कारण अचानक चर्चामा आएकी थिइन् । इन्स्टाग्राममा उनले मिशाल कृपलानी नामका एक युवकसँगको तस्बिर सेयर गरेकी थिइन् । यी युवक इराका प्रेमी हुनसक्ने आँकलन गरिएको छ । तर यसपटक कथित प्रेमीका कारण नभई बुवाका अर्थात् आमिर खानका कारण उनी चर्चामा आएकी छिन् ।

आमिर खानले बिहिबार राती आफ्नो सोसल मिडिया अकाउन्टमा एउटा पोस्ट सेयर गरेकी छिन् जसले सबैको ध्यान आकर्षित गरेको छ । छोरी इराको जन्मदिनको अवसरमा उनले निकै प्यारो मेसेज लेखेकी छिन् । आमिर खानले फोटो सेयर गर्दै लेखिन्, ‘ह्याप्पी २१ इरा । विश्वास गर्न सक्दिनँ कि तपाईं यति चाँडै यहाँसम्म पुग्नुभएको छ । लभ यू । पापा ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Happy 21st @khan.ira !!! Can't believe you got there so fast! You will always remain 6 for me! Love you. Papa.

A post shared by Aamir Khan (@_aamirkhan) on

आमिरले इरा सानो हुँदाको तस्बिर पनि पोष्ट गरेका छन् । उक्त फोटोमा आमिर खानको जुङ्गा निकै लामो देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप