करको दायरा बढाउन अर्थमन्त्री खतिवडाको निर्देशन
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् ।
अर्थमन्त्री खतिवडाले कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोडन र अनावश्यक क्षेत्रमा कर असुली नगर्न पनि सम्बन्धित निकायलाई सचेत गराएका छन् ।
शुक्रबार आन्तरिक राजस्व विभागले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएका क्षेत्रहरुमा करको दायरा बढाउन ढिलाई गरिएकोमा आक्रोश व्यक्त गरे ।
कृषि क्षेत्रबाहेकका अन्य क्षेत्रमा ६, ७ र ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएकाले त्यसको करको दायरा बढाउन ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाई छ ।
अर्थमन्त्री खतिवडाले ‘सेल्स प्वाईन्ट’ मै मूल्य वृद्धि कर असुली गर्न पनि आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई सचेत गराए । उनले सेल्स गर्ने तर मूल्य अभिवृद्धि कर तीर्न महिनांै लगाउने प्रथाको अन्त्य गरेर अघि बढने योजना पनि अघि सारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका १३ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण