सन्दीप लामिछानेकाे टिमलाई पराजित गर्दै चेन्नई आइपीएलकाे फाइनलमा
एजेन्सी - चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नई फाइनलमा पुगेको हो । उपाधिका लागि चेन्नईले आइतबार मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
एक सय ४८ रनको विजय लक्ष्य चेन्नईले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । चेन्नईका लागि ओपनर फाफ डु प्लेसिस र सेन वटसनले अर्धशतक बानाए । दुवैले समान ५०–५० रन बनाएका थिए । आम्बाती रायडूले २०, सुरेश रैनाले ११ र कप्तान महेन्द्र सिंह धोनीले ९ रन बनाए । बलिङमा दिल्लीका ईशान्त शर्मा, ट्रेन्ट बोल्ट, अक्षर पटेल र अमित मिश्राले एक एक विकेट लिए । दिल्लीले यस खेलमा पनि नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई खेलाएन ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ३८ रन बनाए । कोलिन मुन्रोले २७ , शिखर धवनले १८, कप्तान श्रेयस लेयरले १३, इशान्त शर्माले अविजित १० र सेरफेन रुदरफोर्डले १० रन बनाए । बलिङमा चेन्नईका दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान दुई दुई विकेट लिए । इमरान ताहिरले एक विकेट झारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण