कविता : लाहुरेनी
-दिलबहादुर थापा
म आधुनिक लाहुरेको
आधुनिक लाहुरेनी हुँ
लाहुरेसँग बिहे भएको दस वर्ष भो
लाहुरे पारिलो घामझैँ
अक्कल झुक्कल झुल्किन्छ
मेरो यौवन फुलेको नेपालमा
लाहुरे जान्छ लाहुर
तर उसको यादले
मेरो गुलाफको यौवनलाई
मीठो पीडा दिन्छ
ती मीठा पीडाहरूलाई
जब म पर्खाइको पछ्यौरीमा
बुट्टाहरु भरेर राख्छु
उसको र मेरो मायाको इतिहास बल्झन्छ ।
कहिल्यै सन्चो नहुने दीर्घरोग बनेर
मनको डायरीमा खोप्न कोशिस गर्छु
मायाका स्वर्णिम अक्षरहरुलाई
हरक्षण मलाई सताइरहने
यादहरुको धारिला खिपहरुले
जिन्दगीका पानाहरुलाई दुखाई दुखाई
देशले मेरो श्रीमानलाई लाहुरेको तक्मा भिराएर बेच्यो
राजधानीले मेरो श्रीमानलाई यसरी निर्यात गर्यो
जहाजका जहाज लोड गरेर ।
तातो घाम फुल्ने देशहरुमा
कुनै महान् पर्वको अवसर पारेर
निश्चित समयका लागि छुट दिएर
क्षेत्रीयताको उत्पीडनमा परेको डिपोहरुबाट
पुराना शताब्दीको झल्को दिलाउने गरी
मेरो लाहुरेबारे राज्यलाई नै थाहा छैन
मलाई कसरी थाहा हुन्छ ?
मेरो लाहुरे भोलि बाकसभरि
सपना नै सपना बोकेर आउँछ कि ?
स्वयम् आफू नै रातो बाकसभरि
मलाई सपनाजस्तै बनाएर आउँछ कि ?
यो देशको राजधानीलाई थाहा छैन भने
मलाई कसरी थाहा हुन्छ ?
उसलाई मैले मेरो देशलाई जितेको
राजनेताहरुलाई जस्तै
खादा ओढाएर कैयौँ पटक बिदाइ गरेँ
शक्तिफोबियाले ग्रस्त राजधानीबाट
मजस्तै लाहुरीनीहरुको लाहुरेहरु
रातो बाकसभरि
भरिएर आइरहेको श्रव्यदृश्य मञ्चन भइरहँदा
मृत्युदर्ताजस्तै लाग्ने राहादानी थमाएर ।
राजधानीको मसानघाटले देशको सपना पोल्छ
मजस्ता हजारौँ रातो गुलाफलाई सेतै बनाउँछ
भाग्यको मुढाहरुलाई ठोस्याएर
धुवाँलाई गगनसम्म पुर्याई
फेरि अर्को लाहुरेलाई बिदाइ गर्ने शुभ साइतमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण