तीन खेलाडीलाई संयुक्त गोल्डेन बुट उपाधि
एजेन्सी - इङ्लिस प्रिमियर लिग फुटबलको गोल्डेन बुट अवार्ड तीन खेलाडीलाई प्रदान गरिएको छ । गोल्डेन बुट अवार्ड लिभरपुलका मोहमद सलाह, साडियो माने र आर्सनलका पिर्रे एम्रिक आबुमियाङलाई संयुक्त रुपमा प्रदान गरिएको हो ।
प्रिमियर लिगको यस सिजन तीनै खेलाडीले समान २२ गोल गोल गरेका थिए । त्यसैले तीनै खेलाडी गोल्डेन बुटको हकदार बने । आबुमियाङ र मानेले आइतबार भएको अन्तिम खेलमा दुई गोल गरेका थिए । अघिल्लो संस्करणमा मोहमद सलाह एक्लैले गोल्डेन बुट अवार्ड जितेका थिए ।
यसैगरी प्रिमियर लिगको गोल्डेन ग्लोभ्स अवार्ड लिभरपुलका गोलरक्षक एलिसन बेकरले हात पारेका छन् । आइतबार भएको लिगको अन्तिम खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई उसैको मैदानमा ४–१ गोलले हराउँदै लिग च्याम्पियन बनेको थियो ।
उपाधि दौडमा रहेका सिटी र लिभरपुलले अन्तिम खेल जितेपछि सिटी पहिलो र लिभरपुल दोस्रो भएको हो । लिभरपुलले वल्भ्सलाई २–० गोलले हराएको थियो । सिटीले ३८ खेलबाट ९८ अंक बनायो । लिभरपुलले ९७ अंक बनाउन सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
-
किसानको पसिना सस्तो, उपभोक्ता भान्छा महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण