बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निरन्तर खुम्चिँदै छ चन्द्रमा, यसैले आउँछ पृथ्वीमा जस्तै भूकम्प

शनिबार, ०४ जेठ २०७६, १० : १५
शनिबार, ०४ जेठ २०७६

एजेन्सी - नासाका वैज्ञानिकले चन्द्रमा विस्तारै खुम्चिँदै गएको पत्ता लगाएका छन् । यसले चन्द्रमामा चिरा बनाएको तिनले पाएका छन् । 

अध्ययनबाट चन्द्रमा खुम्चदा त्यसको उत्तरी ध्रुवमा रहेको बेसिन मारे फ्रिगोरिसमा चिरा बनेको छ । नासाले खिचेका चन्द्रमाका हजारौ तस्विरको विश्लेषणबाट यो निष्कर्ष निकालिएको हो । 

नासाले चन्द्रमाको अवलोकन गर्नका लागि लूनार रिकनिसेन्स अर्बिटर नामक मानव निर्मित भू–उपग्रह माध्यमबाट गतिविधि निगरानी गर्ने गर्दछ । पछिल्लो अध्ययनका लागि सोही भू-उपग्रहले खिचेका १२ हजारभन्दा बढी तस्विरको अध्ययन गरिएको थियो । यसबाट चन्द्रमाको आकार घटेको देखिएको हो । 

युनिभर्सिटी अफ मेरिल्याण्डका भूगर्भ वैज्ञानिक निकोलस चेमरका अनुसार चन्द्रमा खुम्चने प्रक्रिया लाखौँ वर्ष पहिलेदेखि सुरु भएको थियो र यो अहिले पनि जारी छ । नासाको अनुसार चन्द्रमा हालसम्म ५० मिटरले खुम्चिसकेको छ । 

चन्द्रमा पृथ्वीमा जस्तो टेक्टोनिक प्लेट नभए पनि भूकम्पको मापन गरिएपछि त्यसको कारणबारे अनुसन्धान गर्दा यस्तो निष्कर्ष निस्किएको हो । सन् १९६० तथा १९७० को दशकमा भएको अपोलो अभियानले चन्द्रमामा भूकम्पीय गतिविधिको मापन गरेका थिए ।

वैज्ञानिकका अनुसार उर्जा नष्ट हुने प्रक्रियामा साढे ४ अर्ब वर्ष पहिलेबाट नै चन्द्रमामा यस्तो गतिविधि भएको थियो । यही प्रक्रियाले गर्दा चन्द्रमामा भूकमप्न आउँछ र सतहमा कयैन चिरा पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप