एमाले आकस्मिक बैठकको यस्तो छ निर्णय
काठमाडौं– नेकपा एमाले स्थायी समितिको आइतबार अपरान्ह बसेको स्थायी समितिको आकस्मिक बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई काम गर्न दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
एमालेले संविधानको मर्मअनुसार भौगोलिक जनसंख्याको आधारमा काम गर्न पनि पनि आयोगलाई सुझाएको छ ।
बैठकले विभिन्न जिल्लाको जिल्ला समन्वय समितिका उम्मेदवार पनि चयन गरेको छ । एमालेले धनकुटा, मोरङ र गुल्मी जिल्लाको जिसस प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको पार्टी स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।
उनकाअनुसार धनकुटा जिसस प्रमुखमा टंक चौहान र उपप्रमुखमा बगलादेवी राई बान्तवा, गुल्मीमा प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुलसा श्रेष्ठ र मोरङ जिसस प्रमुखमा नरेश पोखरेल र उपप्रमुख गठनबन्धनको उम्मेदवार छाड्ने निर्णय गरेको छ ।
एमाले स्थायी समिति बैठकले ५ नम्बर प्रदेश सदस्यमा दुई जनालाई मनोनित गर्ने निर्णय गरेको छ । मनोनित हुनेमा गिरीराज केसी (दाङ) र कृष्ण पोखरेल रुपन्देही रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण