मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एमाले आकस्मिक बैठकको यस्तो छ निर्णय

आइतबार, २२ साउन २०७४, २२ : ०६
आइतबार, २२ साउन २०७४

काठमाडौं– नेकपा एमाले स्थायी समितिको आइतबार अपरान्ह बसेको स्थायी समितिको आकस्मिक बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई काम गर्न दिन सरकारको ध्यानाकर्षण गराएको छ । 

एमालेले संविधानको मर्मअनुसार भौगोलिक जनसंख्याको आधारमा काम गर्न पनि पनि आयोगलाई सुझाएको छ । 

बैठकले विभिन्न जिल्लाको जिल्ला समन्वय समितिका उम्मेदवार पनि चयन गरेको छ । एमालेले धनकुटा, मोरङ र गुल्मी जिल्लाको जिसस प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको पार्टी स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।

उनकाअनुसार धनकुटा जिसस प्रमुखमा टंक चौहान र उपप्रमुखमा बगलादेवी राई बान्तवा, गुल्मीमा प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुलसा श्रेष्ठ र मोरङ जिसस प्रमुखमा नरेश पोखरेल र उपप्रमुख गठनबन्धनको उम्मेदवार छाड्ने निर्णय गरेको छ । 

एमाले स्थायी समिति बैठकले ५ नम्बर प्रदेश सदस्यमा दुई जनालाई मनोनित गर्ने निर्णय गरेको छ । मनोनित हुनेमा गिरीराज केसी (दाङ) र कृष्ण पोखरेल रुपन्देही रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप