विवाहको प्रश्नमा बोले सलमान खान ‘२३ मे (आज) बताउनेछु आफ्नो विवाहको मिति’
५३ वर्षका सलमान खान अहिले पनि अविवाहित छन् । उनले विवाहबारे पटकपटक आफ्नो धारणा व्यक्त गर्ने गर्छन् । हालै मुम्बई मिररसँगको एक अन्तरवार्तामा सलमानले ठट्यौली पारामा पुनः विवाहको कुरा गरेका छन् ।
वास्तवमा सलमानलाई जब उनको विवाहको योजनाबारे प्रश्न सोधियो तब उनले विवाहको मिति २३ मेमा घोषणा गर्नुपर्ने बताएका थिए । सलमान त्यसपछि आफ्नै ठट्टामा हाँस्न थाले । स्मरण रहोस्, २३ मे अर्थात् आज लोकसभाको चुनावको नतिजा आउँदैछ ।
यस्तै, केही दिनअघि सलमानले आफू पिता बन्ने विषयमा धारणा राखेका थिए । उनले भनेका थिए, ‘मलाई बच्चा चाहिन्छ तर बच्चासँग आमा पनि आउँछन् । मलाई आमा चाहिँदैन तर बच्चालाई आमा चाहिन्छ । तर मसँग धेरै मानिसहरु छन् जसले उनको हेरविचार गर्न सक्छन् ।’
यसै अन्तरवार्तामा सलमानले विवाहबारे कुनै सोच नभएको स्पष्ट पारेका छन् । यद्यपी, उनी सरोगेसीमार्फत् बच्चा चाहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण