इजरायलमा अल जजिरा अफ एयर गरिने

इजरायल – इजरायलले कतारस्थित अल जजिरा समाचार च्यानलमाथि ‘आतंकवादलाई समर्थन’ गरेको आरोप लगाएको छ । यसको साथै देशमा च्यानलको कार्यालय बन्द गर्नुका साथै यसमा आबद्ध पत्रकारहरुको मान्यता रद्द गर्ने तयारी गरेको छ ।
इजरायलका सूचनामन्त्री अयुब काराले अल जजिरामाथि आतंकवादलाई समर्थन गरेको आरोप लगाउँदै उसको अरबी र अंग्रेजी भाषाको दुवै च्यानल अफ एयर गर्ने बताएका हुन् ।
हालैमात्र प्रधानमन्त्री विन्यामिन नेतन्याहूले पनि च्यानलमाथि उत्तेजना फैलाएको आरोप लगाएका थिए ।
अल जजिराले यस फैसलाको भत्सर्ना गर्दै आफूमाथि लगाइएको आरोपको खण्डन गरेको छ र आफूलाई स्वतन्त्र भएको बताएको छ ।
नेतन्याहूले हालै जेरुसेलमको पवित्र स्थल, मुस्लिम हरम अल शरीफ, मा भएको हमलाको दौरान च्यानलले सर्वसाधारणलाई भड्काउने काम गरेको बताएका थिए ।
जेरुसेलममा दुई प्रहरीको हत्यापछि पवित्र स्थलमा सुरक्षाको नयाँ व्यवस्था गरिएको थियो । तर, प्यालेस्टिनी जनताको विरोधपछि इजरायल मेटल डिटेक्टर र अन्य सुरक्षा व्यवस्था हटाउन बाध्य भएको थियो ।
पत्रकारमाथि रोक
सूचना मन्त्री काराले केबल टिभी सञ्चालक अल जजिरालाई अफ एयर गर्न सहमत भएको बताए । यद्यपि, च्यानलको जेरुसेलमस्थित ब्यूरो बन्द गर्न भने थप कानूनी प्रक्रिया अपनाउन पर्ने हुन्छ ।
यता अल जजिराले भने च्यानल बन्द गर्ने घोषणा गरिएको पत्रकार सम्मेलनमा आफ्ना पत्रकारहरुलाई रोक लगाइएको बताएको छ ।
यसअघि साउदी अरब र जोर्डनले पनि आफ्नो देशमा रहेको अल जजिराको व्युरो बन्द गरेको थियो ।
कतारविरुद्ध चलिरहेको कुटनीतिक अभियान अन्तरगत यी देशहरुले यो निर्णय लिएका थिए ।
अरब देशहरुले कतारसामु प्रस्तुत गरेको १३ बुँदे शर्तमा अल जजिरालाई बन्द गर्नुपर्ने एक शर्त थियो ।
कतारको यो अरबी भाषाको च्यानलको शुरुवात सन् १९९६ मा भएको थियो । मध्यपूर्व देशमा आफ्नो फरक धारको रिपोर्टिङ र सरकारको आलोचनाका कारण च्यानल चर्चित बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ४ पेय पदार्थले जमाउँछन् कलेजोमा बोसो
-
ग्याँस सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयो : सांसद कोइराला
-
‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स
-
सिन्धुली गढी घुमेर हेर्दा...
-
मुख्यमन्त्रीलाई कर्मचारीले सम्झाए प्रदेशको क्षेत्राधिकार, कर्मचारीलाई विभिन्न सुविधा माग
-
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हट्यो