‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स
मङ्गलबार, ०६ जेठ २०८२, ११ : २८

काठमाडौंँ । गीतकार लोकराज अधिकारीको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ । ज्याक्लिन पेरालेज–फ्लेमिङको स्वर रहेको गीतको संगीत संयोजन संगीतकार आचार्यले नै गरेका छन् ।
रोमान्टिक शैलीमा तयार गीतमा स्वदेशी खाना, प्राकृतिक सौन्दर्य, कलासंस्कृतिको समेत वर्णन गरिएको छ । म्युजिक भिडियो आकर्षक बनेको छ । जसमा युबिन ढुङ्गाना र मञ्जु कोइरालाको मोडलिङ छ । गीतको भिडियोमा रोमान्टिक प्रेमकथा देखाइएको छ ।
भिडियोमा सुविन गोदारको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
जेसिवी प्रयोग गरेर पुरिएको गाडी खोजिदै
-
नेतृत्व चयन प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्छ : हरिबोल गजुरेल
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनले १६ मुद्दा हेर्न नभ्याइने
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
-
तीन जनाको नाम बोकेर अर्थमन्त्री हिँडे बालुवाटार