सिन्धुली । नेपाल आक्रमण गर्न आएको ब्रिटिस सैनिकलाई नेपाली सेनाले पराजय गरेको सिन्धुली गढीमा त्यस समयको विजयकालीन चेत र अवस्था झल्किने गरि गढी दरबार र युद्धकला सङ्ग्रहालय जो कसैको आकर्षणको केन्द्र बनेको छ ।
_6cPDWhVGUB.jpg)
नेपालको एकीकरण हुनु अघि भारतबाट जनकपुर हुँदै काठमाडौँतर्फ हिँडेको ब्रिटिस सेनालाई सिन्धुली गढीमा वि.सं. १८२४ मा नेपाली सेनाले आक्रमण गरि कात्तिक २४ गतेको दिन पराजित गरेर विजय प्राप्त गरेको थियो । अत्याधुनिक हतियारसहित आएको ब्रिटिस सैनिकलाई गढीमा बसेका नेपाली सेनाले तोप तथा ढुङ्गा मुढा हानेर गुरिल्ला शैलीमा आक्रमण गरेका थिए ।
_wKD2yLrIuk.jpg)
उनीहरूले जंगलमा रहेको अरिङ्गालको गोलामा ढुङ्गा हान्दा अरिङ्गाल बिच्किन गई ब्रिटिस सेनालाई टोक्दा ब्रिटिस सेना भागाभाग भएको यहाँ राखिएका विवरणमा उल्लेख छ । यस्तै भाग्ने क्रममा उनीहरूलाई लेकाली सिस्नो र अल्लोले पोलेपछि ब्रिटिस सेना तितरबितर भएको र ब्रिटिस सेनाको नेतृत्व गर्दै आएका कप्तान किनलक पराजय स्वीकार गरी भागेर भारत फर्किएको इतिहास यहाँ उल्लेख छ ।
_NKpLKj78bz.jpg)
त्यतिबेला सेनाले पानी खान बनाएको इनार, ढुङ्गा खोपेर पानी खान बनाएको ट्याङ्की, लडाइँ लड्नको लागि बनाएका बङ्करहरू, तोप, तोप हान्ने ठाउँ लगायतका स्थान र सामाग्री उत्खननको समयमा फेला परेपछि त्यसलाई सङ्ग्रह गरेर अहिले प्रदर्शनीमा राखिएको छ ।
_J4qPUTfOci.jpg)
_G348cL0Qlq.jpg)
_J7gGdwoTFe.jpg)
_clBleFhlZs.jpg)
_W6pOQfLIi9.jpg)
_d4zKDYdxmc.jpg)
_ka5Ak9xbdu.jpg)
_wxjb4Tb28s.jpg)
_i52OS49rzC.jpg)
_0yyzOKpVY4.jpg)
_h8bvXSTJIi.jpg)
_Z7NCFmH3lm.jpg)
_wDodG16Keq.jpg)
_WEqgqn62BC.jpg)
_3r6BuGyHTi.jpg)
_bInj7hZZC8.jpg)
_I8zNZLFZIm.jpg)
प्रतिक्रिया