थाइराइड रोगको पहिचान कसरी गर्ने ?
आज मे २५ अर्थात विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइदैँछ।
दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालि, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौं अल्काले संयुक्त रुपमा र्याली निकालेको छ ।
अल्का अस्पतालबाट सुरु भएको र्याली जावलाखेल,कुमारीपाटी, मंगलबजार, पुल्चोक हुदैँ पुन अल्का अस्पतालमा आएर सकिएको थियो। विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले विहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म निशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरेको छ।
पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताएका छन् । नेपालमा थाइराइड बढ्नुको मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै रहेको डाक्टर अशुंमाली जोशीले बताए। शरिरमा आयोडिन थोरै वा धेरै हुदाँ थाइराइड ग्रन्थीहरुलाई असर गर्ने उनले बताए। थाइराइड पहिचानका लागि रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ।
के हो त थाइराइड रोग
मानव शरिरमा रहेको रुद्रघण्टीको तल तिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यो पुतली आकारको हुन्छ। यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरिरमा मोटावोलिजम नियन्त्रण गर्छ । थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ । यी हर्मोनहरुको शरिरको बृद्धि विकाशमा अहम भुमिका हुन्छ । थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादनमा असन्तुलन हुन्छ। र रोग लाग्छ । त्यो रोगलाई थाइराइड रोग भनिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण