कविता : रोगी चस्मा
किशोर सापकोटा
रातोलाई रातो र कालोलाई कालो देख्ने म
आजकल रातोलाई कालो देख्न थालेको छु
अनि कालोलाई रातो देख्न थालेको छु
किनभने मैले एउटा चस्मा लगाएको छु ।
आफ्नोलाई आफ्नै र अरूलाई पराइ देख्ने म
आजकल आफ्नालाई नि पराइ देख्न थाल्या छु
अनि पराइलाई नि आफ्ना देख्न थाल्या छु
किनभने मैले एउटा चस्मा लगाएको छु ।
अमृतलाई विष देख्न थालेको छु
अनि विषलाई अमृत देख्न थालेको छु
आफ्नो मान्छेलाई माहान देख्न थालेको छु
अनि अरूको मान्छेलाई, ठग देख्न थालेको छु
किनभने मैले एउटा चस्मा लगाएको छु ।
हजारलाई हजार र लाखलाई लाख देख्ने म
आजकल हजारलाई लाख र लाखलाई हजार देख्न थालेको छु ।
कसैले देशको सिमाना मिच्दा पनि
मैले राम्रो देख्न थालेको छु
कसैले मातृभूमिलाई आत्मीय माया गर्दा पनि
मैले त्यहाँ राष्ट्रघात देख्न थालेको छु
किनभने मैले एउटा चस्मा लगाएको छु ।
सत्य तथ्यलाई दूधको दूध, पानीको पानी देख्ने म,
आजकल आँखै अगाडिको कुरा पनि फिटिक्कै देख्दिनँ
फेरि कहिले हुँदै नभएको कुरा पनि प्रष्टै देख्छु
किनभने मैले एउटा चस्मा लगाएको छु ।
हो, आजकल मैले एउटा रोगी चश्मा लगाएको छु
योग्यता, कर्तव्य र नैतिकतालाई बेचेर किनेको
एउटा राजनीतिक चस्मा लगाएको छु
मैले एउटा दलको रोगी चस्मा लगाएको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल
-
काजाकिस्तानको अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्ड प्रवर्द्धन कार्यक्रम
-
सहयोद्धालाई पत्र : ती दिन अझै बिर्सिएको छैन
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण
-
सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण