सुशासनका लागि जनसहभागितामूलक सरकार आवश्यक–डा महत
काठमाडौँ– नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले देशमा सुशासन कायम गर्न सरकारले जनताको चाहना र अपेक्षाअनुसार नागरिकलाई सेवा र सुविधा दिन सक्नुपर्ने धारणा राखेका छन् ।
उनले भने, ‘‘जनताको चाहना र अपेक्षालाई पूरा गर्न नागरिक सहभागिताको सरकार र उनीहरुका आधारभूत आवश्यकताको परिपूर्ति तथा मौलिक हकको सम्मान गर्नुपर्दछ ।’
विकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय मञ्च जी–२० लाई विश्वव्यापी रुपमा देखिएका दिगो विकासका चुनौतीहरुहरुका सन्दर्भमा आवश्यक सुझाव दिन बनेको बौद्धिक समूह टी–२० को शुक्रबारदेखि शुरु भएको शिखर बैठकलाई आज जापानको टोकियोमा सम्बोधनका क्रममा पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका डा महतले सो धारणा राखेका हुन् ।
कुनै पनि देशले राष्ट्रिय स्वार्थपूर्तिका लागि सहअस्तित्वमा आधारित रहेर सहभागितामूलक शासन प्रणाली अपनाउन सकेमा विश्वव्यापीरुपमा सुशासन स्थापनाका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
जी २० समूहले दिगो विकासका लागि विश्वव्यापी रुपमा देखिएका चुनौतीहरुको समाधानका लागि आवश्यक सुझावहरु सङ्कलन गर्न सो बौद्धिक समूहको गठन गरेको हो । सहमहामन्त्री डा महतले ती चुनौतीहरुको समाधानका पक्षमा विश्वव्यापी सुशासनलगायतका विषयमा नेपालजस्ता अतिकम विकसित राष्ट्रहरुका तर्फबाट धारणा राखेका थिए ।
दक्षिण एसियामा विशेषगरी भारत, पाकिस्तानको सीमालगायतका विवादका कारण उनीहरुबीच सहमति कायम हुन नसक्दा सिङ्गो दक्षिया एसियामा नै असर परिरहेको उनको भनाइ थियो । आसियनजस्ता संस्थाले एसियाली देशको विकासमा जसरी काम गरिरहेका छन् त्यस्तो अवस्था दक्षिण एसियामा उत्पन्न हुन नसक्दा क्षेत्रीय एकता र सहयोगमा असर परेको धारणा उनले राखे ।
नेपाल पनि हिमालय क्षेत्रको राष्ट्र भएको र दक्षिण एसियाली जलस्रोतको खानी नेपालका हिमाल रहेकोले जलवायु परिवर्तनले नेपालसहित दक्षिण एसियालाई नै असर पार्नसक्नेउनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण