कुनै बेला एउटै कक्षामा पढ्थे यी बलिउड स्टार्स
आज हामी तपाईंलाई बलिउडका ती स्टारबारे जानकारी दिँदै छौं जो एउटै विद्यालय अझ भनौं एउटै कक्षामा पढ्ने गर्दथे । यी जोडी देखेर सायद तपाईंलाई थोरै अचम्म लाग्न सक्छ ।
टाइगर श्रोफ र श्रद्धा कपुरः
बाघीका अभिनेता टाइगर श्रोफ र उनकी अन–स्क्रिन प्रेमिका अर्थात् श्रद्धा कपुर एक–अर्कालाई निकै लामो समयदेखि चिन्छन् किनभने दुबैले एउटै विद्यालयमा पढेका थिए । एक अन्तरवार्तामा टाइगरले स्कूल पढ्दा श्रद्धामाथि क्रश भएको खुलासा गरेका थिए । टाइगर र श्रद्धाको ‘बागी’ लाई सबैले रुचाएका थिए । श्रद्धाले पनि टाइगरसँग काम गर्न पाउँदा आफू निकै खुसी भएको बताएकी थिइन् ।
आमिर खान र सलमान खानः
‘अन्दाज अपना अपना’ को यो चर्चित जोडी एक वर्षसम्म एउटै कक्षामा सँगै पढे । एक कुराकानीमा दंगल स्टार आमिर खानले कक्षा दुईमा आफू सलमान खानसँग पढेको बताए । यद्यपी, त्यतिबेला दुईबीच कुराकानी भने हुने नगरेको बताए ।
करण जोहर र ट्विंकल खन्नाः
करण जोहर र ट्विंकल खन्ना एउटै बोर्डिङ स्कूलमा पढेका थिए । यसबारे करणले आफ्नो आत्मकथामा जानकारी दिएका थिए ।
वरुण धवन र अर्जुन कपुरः
वरुण धवन र अर्जुन कपुरबीचको सम्बन्ध निकै राम्रो छ किनभने उनीहरु एक–अर्कालाई निकै लामो समयदेखि चिन्थे । यद्यपी, धेरैलाई यो थाहा छैन कि उनीहरु एउटै अभिनय संस्थामा थिए । यद्यपी, उनीहरुले अहिलेसम्म स्क्रिन भने सेयर गरेका छैन ।
ऋतिक रोशन र उदय चोपडाः
ऋतिक रोशन र उदय चोपडा दुबैले बलिउडको दुनियाँमा आफ्नो भाग्य जाँचे । उनीहरु बम्बे स्कटिश स्कूलमा चार कक्षादेखि निकै मिल्ने साथी हुन् । यहाँसम्म कि उनीहरुले धूम टुमा पनि सँगै काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण