प्रियंकाले भारत छोड्दा सलमानले भने, ‘विवाहका लागि ठूला फिल्म लत्याउनु हिम्मतको कुरा’
सलमान खानको नयाँ फिल्म ‘भारत’ जून ५ मा ईदको मौकामा रिलिज हुँदैछ । यो फिल्मको मुख्य भूमिका कुमुदको भूमिका कट्रिना कैफले निभाएका छन् । यो भूमिकाका लागि सलमानको पहिलो रोजाई प्रियंका चोपडा थिइन् । यसबारे सलमान आफैंले जानकारी दिएका छन् । प्रियंकालाई उनले कुमुदको भूमिकाका लागि आफैंले अप्रोच गरेको उनले बताएका छन् ।
एक पत्रकार सम्मेलनमा सलमानले भने, ‘प्रियंका यो फिल्मका लागि निकै उत्सुक देखिएकी थिइन् । उनी २० दिनका लागि भारतमा थिइन् । उनले अलीलाई फिल्मका लागि फोन पनि गरेकी थिइन् । तर अचानक निक आए र उनले विवाहको योजना बनाए ।’
सलमान भन्छन्, ‘प्रियंकाले मलाई भनेकी थिइन् कि निकले उनलाई विवाहको प्रस्ताव गरेका छन् । मिति निश्चित नभइसकेको उनले बताएकी थिइन् । त्यतिबेला मैले विवाह गर्न सल्लाह दिँदै आफूले दुई तीन दिन मिलाउन सक्ने बताए । तर उनले पछि फिल्मबाट अलग्गिने निर्णय गरिन् । प्रियंका निकै मेहनती नायिका हुन् । विवाहका लागि आफ्नो करियरको ठूलो फिल्म छोड्न ठूलै हिम्मत चाहिन्छ र त्यो उनमा छ । ’
उनले भने, ‘प्रियंकालाई जे ठिक लाग्यो त्यो उनले गरिन् र कट्रिनाले जे पाइन् त्यो उनले डिजर्भ गर्छिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण