आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

प्रबल गुरुङले भने, ‘म करण जोहरलाई माया गर्छु तर....’

सोमबार, १३ जेठ २०७६, ११ : ४७
सोमबार, १३ जेठ २०७६

बलिउड फिल्म निर्माता करण जोहरले हालै आफ्नो ४७ औं जन्मदिन मनाए । उनको जन्मदिनको अवसरमा सामाजिक संजालमा बधाई र शुभकामनाको ओइरो नै लाग्यो ।

अनगिन्ती शुभकामना सन्देशबीच नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले करणलाई दिएको शुभकामना यतिबेला चर्चाको विषय छ । उनले करणले आफूलाई अँगालो हालेको तस्बिर सेयर गर्दै लेखे, ‘प्यार किया तो डरना क्या । ह्याप्पी बर्थडे केजो ।’

यसको जवाफमा करण जोहरले लेखेका छन्, ‘आफूलाई नियन्त्रण गर्नुहोस् ।’

केही समयअघि मात्रै नेपालको पाटन दरबार स्क्वायरमा आयोजित एक कार्यक्रममा आफू समलिङ्गी भएको स्विकार गरेका प्रबलले यसो भनेपछि ठूलै हल्लाखल्ला मच्चियो ।

धेरैले उनीहरु प्रेम सम्बन्धमा रहेको अनुमान गर्न थाले । यसले यति धेरै चर्चा पायो कि प्रबलले यसबारे खण्डन गर्न इन्स्टाग्रामको सहारा लिएका छन् । यसमा उनले आफू करणसँग रोमान्टिक सम्बन्धमा नरहेको स्पष्ट पारे । उनले आफू अरु कोहीसँग नै विगत पाँच वर्षदेखि सम्बन्धमा रहेको जानकारी पनि दिए ।

उनले आफ्नो पछिल्लो इन्स्टाग्राम पोष्ट रमाइलोको लागि मात्र भएकाले यसलाई अन्यथा नसोच्न सबैलाई आग्रह गरेका छन् ।

उनले आफ्नो लागि करण सबैभन्दा मिल्ने साथी बताएका छन् । उनले भनेका छन्, ‘खाँचो परेका बेला करण सधैं मेरा लागि उपलब्ध हुन्छन् । उनी मेरा मेन्टर, गुरु, आत्मविश्वास र यी सबै भन्दा माथि मेरा दाजु हुन् । हामीले एकअर्कालाई सफलता वा विफलता दुबैमा देखेका छौं । करण यस्ता व्यक्ति हुन् जसको प्रशंसा गरेर म थाक्दिनँ । उनलाई म अत्यधिक सम्मान पनि गर्छु । उनी मसँग मात्र होइन, मेरा परिवारका अन्य सदस्यसँग पनि निकै नजिक छन् ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Pyaar Kiya To Darna Kya. Happy birthday KJo.

A post shared by Prabal Rana Gurung (@troublewithprabal) on

‘यी यावत् कारणसहित म उनलाई माया गर्छु । तर एउटा साथीको रुपमा, दाइको रुपमा र एउटा विश्वास पात्रको रुपमा ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप