आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सलमानले भने, ‘कट्रिनाले अब विवाह गरेर बच्चा जन्माउनुपर्छ’

मङ्गलबार, १४ जेठ २०७६, ११ : ४५
मङ्गलबार, १४ जेठ २०७६

सलमान खानले कट्रिनालाई विवाह गरेर बच्चा जन्माउन सल्लाह दिएका छन् । वास्तवमा, सलमान र कट्रिना एक इन्टरटेन्मेन्ट वेबसाइटमा आफ्नो नयाँ फिल्म भारतको प्रोमोशन गर्न पुगेका थिए । यतिबेला जब सलमानलाई ‘कट्रिनाका लागि वैकल्पिक करियरको रुपमा के गर्ने सल्लाह दिनुहुन्छ’ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘उनले विवाह गर्नुपर्छ र बच्चा जन्माउनुपर्छ ।’

कट्रिनाले कराउँदा भने, ‘विवाहका लागि पनि कोसिस आवश्यक’

कट्रिनाले प्रश्न व्यवसायिक जीवन जस्तै डाक्टर वा इन्जिनियर बन्नेबारे सोधिएको हो भनेर सलमानलाई सम्झाइन् । तर सलमान आफ्नै कुरा अडिग भए । उनले भने, ‘विवाह र बच्चाका लागि पनि अत्यधिक कोसिसको आवश्यता पर्छ ।’

सलमान र कट्रिनाले पहिलो पटक मेने प्यार किया (सन् २००५) मा काम गरेका थिए । त्यसपछि उनीहरु पार्टनर, युवराज, एक था टाइगर र टाइगर जिन्दा हे जस्ता करिब आधा दर्जन फिल्ममा सँगै काम गरिसकेका छन् । अली अब्बास जफरको निर्देशनमा बनेको उनको ‘भारत’ फिल्म जून ५ मा रिलिज हुने तयारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप