कर्णालीमाथि आर्मीको फराकिलो जित
काठमाडौं–प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि एक सय १७ रनको फराकिलो जित निकाल्यो । आर्मीले दिएको दुई सय ९१ रनको फराकिलो लक्ष्य पछ्याएको कर्णाली ३५.१ ओभरमा सबै विकेट गुमाएर एक सय ७३ रनमा समेटिएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ९० रन बनाएको थियो । जितसँगै समूह बी मा रहेको आर्मीले तीन खेलबाट ६ अंक बनाएको छ । कर्णाली अंकबिहिन छ ।
यसैगरी किर्तिपुर स्थित टियु मैदानमा भएको अर्को खेलमा प्रदेश नम्बर ३ ले गण्डकी प्रदेशलाई सात विकेटले हराएको छ । गण्डकी प्रदेशले दिएको एक सय ९ रनको सामान्य लक्ष्य प्रदेश ३ ले २२.२ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ३०.१ ओभरमा सवै विकेट गुमाएर एक सय ८ रन बनाएको थियो । जितसँगै समूह ए मा रहेको प्रदेश ३ ले चार अंक बनाएको छ । गण्डकीले खाता खोल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका ११ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण