अस्पताल बाहिर भेटिइन् काजोल, चिन्ता व्यक्त
नायक अजय देवगनका पिता विरु देवगनको गत सोमबार निधन भयो । बलिउडका चर्चित स्टन्ट निर्देशक गुमाएकोमा धेरैले दुःख व्यक्त गरे ।
उनको निधनमा देवगन परिवारको तर्फबाट एउटा वक्तव्य जारी भयो, ‘गहिरो दुःखका साथ हामीले यो सूचित गर्नुपरेको छ कि एक्सन मास्टर एवं अजय देवगनका पिता विरु देवगनको निधन भएको छ । २७ मे बेलुका ६ बजे विले पार्ले वेस्टस्थित श्मसान घाटमा उनको अन्तिम संस्कार गरिनेछ ।’
यस्तै, उक्त घटनाको भोलिपल्ट अर्थात् मंगलबार बेलुका काजोल मुम्बईको एक अस्पताल बाहिर देखिइन् । काजोललाई अस्पताल बाहिर देखेपछि उनको परिवारमा को बिरामी छ भनेर धेरैले प्रश्न सोधे । सोसल मिडियामा काजोलका केही तस्बिर सार्वजनिक भएपछि उनको घरमा सबैकुरा ठिक छ छैन भनेर कमेन्ट गर्न थाले ।
यस्तै अर्कोतर्फ, केही अन्य प्रयोगकर्ताले काजोलकी आमा तनुजाको स्वास्थ्य ठिक नभएको बताइरहेका छन् । तस्बिरमा आएको एक कमेन्ट अनुसार नायिका अस्पतालमा भर्ना भएकी आफ्नी आमालाई भेट्न गएकी थिइन् ।

स्मरण रहोस्, गत नोभेम्बरमा
तनुजालाई डाढ दुखेपछि अस्पताल भर्ना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण