आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

मोदीको शपथ ग्रहणमा बलिउड सेलिब्रेटीले विवेक ओबरायलाई किन गरे बेवास्ता ?

शनिबार, १८ जेठ २०७६, १० : ४४
शनिबार, १८ जेठ २०७६

बिहिबार राष्ट्रपति कार्यालयमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दास्रो कार्याकालको लागि भएको शपथ ग्रहण समारोहका बलिउडका कलाकारको पनि उपस्थिती रहेको थियो । 

करण जौहर, रजनीकान्त, शाहिद कपूर, राजू हीरानी, कंगन रनौत, मीर राजपूत, अनिल कपूर जस्ता कलाकारहरु उपस्थित थिए । यसका साथै हालै मोदीको बायोपिकमा काम गरेका विवेक ओबराय पनि उक्त कार्यक्रममा सहभागी भएका थिए । तर, उनी बलिउडका कलाकारसँग साथ देखिएनन् । स्रोतका अनुसार उनलाई पूरै बलिउड कलाकारले बेवास्ता गरेका थिए ।

एक सुत्रको अनुसार बलिउडबाट आएका सबै बलिउड कलाकारहरुलाई बस्नको लागि छुट्टै सीटको व्यवस्था गरिएको थियो । तर, यिनीहरुको बीचमा विवेक ओबराय देखिएनन् । न उनी बलिउडको ग्रुप फोटोमा नै नजर आए । समाचारको अनुसार केहि समय अगाडि विवेकले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरका कारण बलिउडका सदस्य दुखि थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप