आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सलमानले कपिलमाथि लगाए नातावादको आरोपः भन्छन्, ‘मेरो पैसा उडाइरहेको छौ तिमी !’

आइतबार, १९ जेठ २०७६, १२ : ३६
आइतबार, १९ जेठ २०७६

कपिल शर्मा शोमा शनिबार बेलुकी फिल्म भारतका मुख्य स्टार सलमान खान र कट्रिना कैफ कार्यक्रममा पुगे । कार्यक्रममा सलमान खानको एन्ट्री यसकारण पनि विशेष रह्यो किनभने सलमान खान द कपिल शर्मा शोका निर्माता पनि हुन् ।

सलमान कार्यक्रममा प्रवेश हुने बित्तिकै कपिलले हाँस्दै भने, ‘भाइ, तपाईंले पसल खोलेर दिनुभएको थियो, ठिकठाक त छ नि ।’

सलमानले भने, ‘म तपाईंलाई धन्यवाद दिन्छु कि तपाईंले सबै सम्हाल्नुभएको छ ।’

यसका साथै, सलमानले कपिल शर्मामाथि नातावादको आरोप लगाएका छन् ।

वास्तवमा, कपिलको शोमा चन्दुको एन्ट्री हुनेबित्तिकै कपिलले आफ्नो प्रश्न सुरु गरे । चन्दुले सलमान खानसँग कपिल शर्माबारे उजुरी दिँदै भने, ‘कपिल भ्यानिटी भ्यानमा फलफूल राख्छन् र मलाई दिँदैनन् । ’

सलमान खानले हाँस्दै भने, ‘ओहो, तिमीले भ्यानिटी भ्यान पनि पाएका छौ । गर गर, सबैले मेरो पैसा बर्बाद गर ।’

कपिल शर्माले भने, ‘सलमान भाइ यी मेरा बाल्यकालका साथी हुन् त्यसकारण मैले शोमा राखेको हुँ ।’

यो सुनेपछि सलमान खानले भने, ‘त्यसो भए तिमीहरु मेरो कार्यक्रममा नातावाद (नेपोटिज्म) फैलाइरहेका छौं । मेरै नाममा यी सबैकुरा भइरहेको छ ।’

यो सुनेपछि कपिल शर्मा र चन्दुको बोली नै बन्द भयो । चन्दुको अभिनयबाट प्रभावित सलमानले अन्त्यमा भने, ‘तिमीले निकै राम्रो काम गरिरहेको छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप