आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

बाल्यकालमा तैमुरजस्ती देखिन्थिन् यी हट नायिका, फोटो भाइरल

आइतबार, १९ जेठ २०७६, १३ : ०७
आइतबार, १९ जेठ २०७६

स्टुडेन्ट अफ द इयर–२ बाट बलिउडमा एन्ट्री गर्ने तारा सुतारिया आफ्नो बाल्यकालको तस्बिरका कारण चर्चामा छाएकी छिन् । यो तस्बिरमा उनी ठ्याक्कै तैमुर जस्तै देखिएका कारण उनी चर्चित भएकी हुन् । ताराले हालै यो तस्बिर इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी हुन् ।

यो तस्बिरमा तारालाई कसैले बोकिरहेको देख्न सकिन्छ । ताराको यो तस्बिरमा बलिउड नायक अर्जुन कपुरले पनि ‘तैमुर’ लेखेका छन् । यो तस्बिरमा उनका प्रशंसकमात्रै नभई सेलिब्रिटीले पनि कमेन्ट गरेर तारिफ गरिरहेका छन् । धेरैजसोले उनको तुलना तैमुरसँग गरेका छन् ।

ताराले हालै टाइगर श्रोफसँग फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ बाट डेब्यू गरे । तारा यो इन्डष्ट्रिमा नयाँ होइनन् । उनी बाल्यकालमा डिज्नी च्यानल को ‘बिग बडा बूम’, ‘द स्विट लाइफ अफ करन एन्ड कबिर’, ‘बेस्ट अफ लक निकी’ र ‘ओए जस्सी’ जस्ता टिभी शोमा आइसकेकी छिन् ।

तारा एक गायिका पनि हुन् । उनी क्लासिकल ब्याले, मोर्डन डान्स र ल्याटिन अमेरिकन डान्सर पनि हुन् । बलिउडमा सफल एन्ट्रीपछि उनी आफ्नो दोस्रो फिल्म ‘मरजावां’ को सुटिङ गरिरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप