भारतको बम्पर ओपनिङपछि सलमान र आलियाको नयाँ फिल्मको मिति घोषणा
सलमान खानको फिल्म भारतले ईदको मौकामा बम्पर ओपनिङ गरेको छ । भारतले पहिलो दिन नै ४२.३ करोड भारु कमाई गरेको भारतीय संचार माध्यमले बताएका छन् ।
पछिल्ला केही वर्षदेखि इदको मौकालाई ब्लकबस्टर फिल्मको कन्सेप्टमा परिवर्तन गर्ने सलमानले अर्को वर्षको ईदको पनि तयारी गरिसकेका छन् । संजय लीला भंसालीको पहिलो फिल्ममा देखिएका सलमान खान अब उनको पछिल्लो फिल्ममा देखिनेछन् । आलिया भट्ट र सलमान स्टारर यो फिल्म अर्को वर्षको इदमा रिलिज हुने बताइएको छ ।
Sanjay Leela Bhansali's Inshallah starring Salman Khan & Alia Bhatt to release Eid 2020#Eid2020#Inshallah #SLB @BeingSalmanKhan @aliaa08 @SKFilmsOfficial @prerna982
— Komal Nahta (@KomalNahta) June 6, 2019
यो फिल्मसँगै सलमान र संजय लीला भंसाली २० वर्षपछि सँगै काम गर्दैछन् । यसअघि यी दुईले ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए । सन् १९९९ मा रिलिज भएको यो ब्लकबस्टर फिल्ममा सलमानबाहेक ऐश्वर्या राय र अजय देवगनको पनि महत्वपूर्ण भूमिका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण