सोनम कपुरलाई घरमा पैसा माग्न मन लाग्दैनथ्यो, होटलमा वेटरको पनि काम गरिन्
फिल्म इन्डष्ट्रिमा सोनम कपुरले आफ्नो युनिक स्टाइल र फेशनेबल लुक्सका कारण एक विशेष पहिचान बनाएकी छिन् । यसबाहेक भिन्न–भिन्न भूमिका निभाउन पनि सोनम कपुर कहिले पनि पछि हट्दिनन् । सोनमको जन्म सन् १९८५ जून ९ मा मुम्बईमा भएको थियो । उनको जन्मदिनको मौकामा सोनम कपुरको जीवनका केही रोचक किस्साबारे जानकारी दिँदै छौं ।
सोनम कपुरलाई आत्मनिर्भर बनाउने कला निकै राम्रोसँग थाहा छ । निकै कमलाई थाहा छ कि सोनम कपुर कलेजका दिनमा वेटरको रुपमा पनि काम गरिसकेकी छिन् । धनी परिवारकी भए पनि उनलाई आफ्नै पैसा खर्च गर्न मनपर्दथ्यो । त्यसकारण उनी पार्टटाइम जब गरेर आफ्ना आवश्यकता पूरा गर्दथिन् ।
फिल्मी खानदानकी भएपनि सोनमले कहिले पनि अभिनय गर्ने नसोचेको बताउँछिन् । स्मरण रहोस्, नायिका बन्नुअघि उनले सह–निर्देशकको रुपमा पनि काम गरेकी थिइन् । उक्त फिल्म थियो संजय लीला भंसालीको ‘ब्ल्याक’
संजय लीला भंसालीले सोनम कपुर भित्रको अभिनय कलालाई निकै अघि देखिसकेका थिए । उनी लगातार सोनमलाई फिल्ममा काम गर्नका लागि प्रेरित गर्दथे । अन्त्यमा ब्ल्याक फिल्म रिलिज भएको साढे एक वर्षपछि सोनम कपुरले फिल्ममा काम गर्नका लागि स्विकारोक्ति जनाइन् र सावरिया फिल्ममा रणबीर कपुरको अपोजिटमा देखिइन ् ।
सोनम कपुर आफ्नो स्वास्थ्यमा निकै ध्यान दिन्छिन् । तर उनी खानको सौखिन पनि हुन् ।
सोनम कपुर पहिला निकै मोटी थिइन् । आफ्नो पहिलो फिल्म सावरियांमा काम गर्नका लागि उनले ३० किलो तौल घटाएकी थिइन् ।
सोनम कपुरलाई नाच्नमा एकदमै रुची छ । उनले इन्डियन क्लासिकल डान्सको तालिम लिएकी छिन् ।
सोनम कपुर सोसल मिडियामा निकै सक्रिय छिन् र उनी कुनै पनि कुरालाई सिधा नै भन्न रुचाउँछिन् । तर उनको यही बानीले सोसल मिडियामा अत्यधिक ट्रोल पनि हुन्छिन् ।
सोनमले सन् २०१८ मा व्यवसायी आनन्द अहुजासँग विवाह गरिन् ।
![]()
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण