स्कुल छोडेर पानी भर्ने लाइनमा
गुल्मीको वाग्ला गाउँको एउटा टोलमा खानेपानीको व्यापक समस्याका कारण स्थानीयलाई एक गाग्रो पानीका लागि घण्टौँ कुनुपर्ने समस्या छ । करिव ५० मिटरको दुरीमा दुईवटा धारा भएपनि टोलका ९० वटा घरधुरीलाई पानीको अभाव हुने गरेको स्थानीयको गुनासो छ ।
मुहान गडबडीका कारण धमिलो पानी खानुपर्ने बाध्यतामा रहेका उक्त टोलवासीलाई गत बर्ष धुर्कोट गाउँपालिकाले धाराको ढलान पलास्टर गरेपछि केही सहज भए पनि एक गाग्रो पानी भर्न दुई घण्टा कुर्नुपर्ने समस्या रहेको स्थानीय बताउँछन् । खानेपानी थाप्न स्थानीयहरु रातभरी समेत पँधेरो ढुकेर बस्नुपर्ने समस्या रहेको धुर्कोट गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष हिमप्रसाद पन्थीले जानकारी गराए ।
पानी भर्नुपर्ने बाध्यताका कारण कतिपय अवस्थामा स्कुले विद्यार्थीहरु विद्यालय जानसमेत नसक्ने अवस्था रहेको छ । ‘कहिले त रातभरी लाइन बस्छौँ’ स्थानीय विद्यार्थी सीता पुरी भन्छिन् ‘बिहान ८ बजेदेखि लाइन बसेका छौँ, अहिले साढे दश बज्दा पनि पालो आएको छैन । पढ्न जाने कि पानी भर्ने ? समस्या छ ।’ चौतरा बजारकी होटल सञ्चालक कमला गिरीले पनि खानेपानिको निकै समस्या खेप्नु परेको बताईन । ‘कहिले त पालो चाँडै पार्नका लागि खान खाएर बास बस्न हामी धारामै पुग्छौँ’ उनले भनिन् । ‘रातको दुई तीन बजेदेखि चार घण्टा लगाएर एक गाग्रो पानी भरेर ल्याउनुपर्ने अवस्था छ’ वडाध्यक्ष हिमप्रसाद पन्थीले भने ‘कहिल्यै त खाना खाएर पानी भर्न जानेहरु त्यही निदाउनु पर्ने समस्या पनि हुन्छ ।’
पहिले दलित र गैर दलितले छुट्टाछुट्टै पानी भर्ने गरेपनि समस्याका कारण अहिले दुवैले एउटै धारो प्रयोग गर्दे आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण